Thu. Apr 25th, 2024

मनोरंजनसंसार डटकम
अहिले नेपालमा अवार्ड वितरणको लहर चलेको अवस्था छ | धेरै अवार्ड भैसकेका छन् भने केहि हुने क्रममा छन् | यहि बिचमा नेपाली गीत संगीत अन्तर्गत पनि थुप्रै विधामा अवार्ड हुने गर्दछ | प्रशंग हो अब हुन गहिरहेको “१८ औ बार्षिक टुबोर्ग इमेज अवार्ड २०७३” को | यस अवार्ड कार्यक्रममा समावेश विधाहरुको लागि समेत नोमिनेसनहरु सार्वजनिक भैसकेको छ जसमा थुप्रै चर्चित गीतहरुले स्थान पाएका छन् | यसै बीच पछिल्लो समय निकै चर्चा कमाउदै गरेका रचनाकार सौरव तिम्सिनाको “मर्छु सजिलै” गीत यो बर्षको “बेस्ट लिरिक्स” अर्थात् सर्बोत्कृष्ट शब्द रचनाको लागि नोमिनेसनमा पर्न सफल भएको छ | उनको शब्द रचनामा तयार भएको यस गीतलाई किरण गजमेरले सुमधुर स्वर संगीत दिनुभएको छ | गीतलाई अरेन्ज गर्ने काम भने मोहित मुनालले गरेका छन् | गीत सार्वजनिक भए संगै निकै चर्चा बटुल्न समेत सफल रहेको थियो | उक्त गीतको म्युजिक भिडियो पनि निकै राम्रो बनेको छ | सुरज श्रेष्ठको निर्देशनमा तयार भएको म्युजिक भिडियोमा नायक तथा गायक बाबु बोगटी र नायिका केकी अधिकारीले निकै उत्कृष्ट अभिनय गरेका छन् | कुनै पनि व्यक्तिको जीवनमा आइपर्ने असहज समस्याको भावलाई थाती राखेर निकै नै मार्मिक रचना तयार पार्न रचनाकार सौरव तिम्सिना सफल भएका छन् | जीवनको भोगाईलाई आफ्नो शब्द रचनामा कैद गर्न सक्ने खुबी भएको उनको यहि प्रतिभाले दर्शकहरुको मन जित्न सफल भएको छ फल स्वरुप उनको रचना आज “१८ औ बार्षिक टुबोर्ग इमेज अवार्ड २०७३” जस्तो गरिमा मय अवार्डको लागि छनोटमा परेको छ |
sourav-timsina
sourav-timsina
नेपाली गीत संगीतमा धेरै कलाकारहरु छन् जसले निकै लामो समय देखि आफ्नो समय यस क्षत्रमा खर्ची रहनुभएको अवस्था छ | तर केहि व्यक्तिले मात्र निकै कम समयमा हात सफल पार्न सफल हुनुभएको छ | अब यो सुचिमा एउटा अर्को नाम थपिएको छ त्यो हो रचनाकार सौरव तिम्सिना | आफ्नो फरक र पृथक प्रस्तुतिले उनि दर्शकहरुको नजरमा निकै चाडो पर्न सफल भए | उनको गीतमा समावेश शब्द रचनाको भावले धेरै दर्शकहरुको मन छोएको छ |
sourav-timsina
उनि हाल अमेरिका बासिन्दा हुन् तर उनको नेपाली गीत संगीत प्रतिको लगाव धेरै नै रहेको छ | उनि परदेशमा बसेर पनि नेपाली गीत संगीतको बृधि विकासमा अत्ति नै अग्रसर रहेका छन् | नेपाली गीत संगीतको स्थरलाई निकै माथि सम्म पुर्याएर सबै माझ चिनाउने विश्वासको साथ उनि आफ्नो पाईला अगाडी बढाई रहेका छन् | आफु जहाँ रहे पनि पहिला आफु नेपाली भएको र आफ्नो लागि नेपाली गीत संगीत पहिलो प्राथमिकतामा रहेको कुरा उनले बताएका छन् |
sourav-timsina
sourav-timsina
दर्शकहरु आफ्नो लागि भगवान सरह भएकोले आफ्नो प्रस्तुतिलाई सहि ढंगले मुल्यांकन गरिदिनुहुन दर्शक सम्क्ष उनले अनुरोध समेत गरेका छन् | त्यस्तै उनले दर्शकहरुले आफ्नो कमि कमजोरीहरुलाई औल्याई साथ दिनु भयो भने आफुलाई हौसला मिल्ने कुरा समेत उल्लेख गरेका छन् | त्यस्तै उनले सबै नेपालीहरुलाई जहाँ रहे पनि नेपाली गीत संगीतलाई सुनेर माया गरेर सम्मान गरि आफु जस्तो कलाकारहरुलाई अगाडी बढ्ने हौसला प्रदान गरिदिनुहुन आफ्नो ह्रदयबाट आग्रह समेत गरेका छन् |
हेर्नुस गीत :

Leave a Reply

%d bloggers like this: