Fri. Mar 29th, 2024

मनोरंजनसंसार डटकम
बलिउड स्टार इमरान हाश्मी आफ्नो अनुशासनबाट सबै तिर चिर परिचित छन् | कुनै पनि कार्यक्रम होस या अन्तर्वार्ता उनि समयको निकै पक्का व्यक्ति हुन् | तर बलिउड इन डस ट्रीमा यस्ता थुप्रै कलाकारहरु छन् जसलाई समयको बेवास्था गरेर हिड्ने बानी लागिसकेको छ | यस सुचिमा एउटा अर्को नया नाम जोडिएको छ त्यो नाम हो हिन्दी फिल्म “राज रीबूट” बाट डेब्यु गर्न लागेकी नायिका कृति खरबंदा | प्रसङ्ग हो हिन्दी फिल्म “राज रीबूट” को |
अहिले उनको समय बेवास्ताको कुराले नायक इमरान हाश्मीलाई निकै तनाब भैरहेको छ | कुरा हो अन्तर्वार्ताको | यी दुई कलाकारहरुको आउने फिल्म “राज रीबूट” को लागि संगै अन्तर्वार्ता दिने कार्यक्रम थियो जसमा नायक इमरान हाश्मी एकदम सहि समयमा पुगे | तर नायिका कृति खरबंदा भने आधा घण्टा ढिलो आइपुगिन | त्यस पश्च्यात नायक इमरानले आफ्नो रिस थाम्न सकेनन र आफ्नो मेनेजर संग बाजबाज गरे | त्यस पछि भने इमरानको मेनेजर र नायिका कृति खरबंदा बीच ठुलो भनाभन भयो |
अहिले यी दुवै कलाकारहरुले एक अर्का संग बोलचाल समेत बन्द गरेर बसेका छन् | यता फिल्मका निर्देशक विक्रम भट्टलाई भने दुई मुख्य कलाकारहरुको झगडाले फिल्मको प्रोमोशनमा ठुलो क्षति पुग्ने डर रहेको छ |
हेर्नुस ट्रेलर :

Leave a Reply

%d bloggers like this: