Sat. Apr 20th, 2024

मनोरंजनसंसार डटकम
मंगलबार राजधानीमा एक कार्यक्रमका बीच अभिनेत्री छुल्थिम गुरुङले आफ्नो चलचित्र “डायरी” को घोषणा गरेकी छिन् | “नोवेम्बेर रेन” चलचित्रमा “डल्ली” नामक पात्रबाट दर्शकहरुको मन मुटुमा बस्न सफल भएकी उनि यस चलचित्र मार्फत निर्मात्री समेत बनेकी छिन् | चलचित्रमा छुल्थिम मुख्य भूमिकामा छिन् भने उनको अपोजिट भूमिकामा रहेकी नायिका रेखा थापाको भने उनको चलचित्र ‘हिरो रिटर्न्स’ को छायांकनले गर्न कार्यक्रममा उपस्थिति रहेन | चलचित्रमा छुल्थिम ‘जोया’ को भूमिकामा देखिदैछिन् भने रेखा ‘रानी’ को भूमिकामा देखिदैछिन् । चलचित्रमा सन्नी सिंह समेत मुख्य भूमिकामा रहेका छन् |
यहि भदौ २६ बाट फ्लोरमा जाने भनिएको चलचित्रमा अनिल योञ्जनले निर्देशन रहेको छ भने कथा छेतेन गुरुङले लेखेका छन् | चलचित्रमा आफु निकै चुलबुले केटीको भूमिकामा प्रस्तुत हुने कुरा नायिका तथा निर्मात्री छुल्थिम गुरुङले बताएकी छिन् | उनको पछिल्लो चलचित्र “नोवेम्बेर रेन” मा उनको
अभिनयको अधिकांश दर्शकहरुले तारिफ समेत गरेका थिए | चलचित्रमा शिवराम श्रेष्ठको छायांकन, स्वप्निल शर्मा, इमान विक्रम शाह, मनास राजको संगीत रहनेछ । साथमा चलचित्रमा अनिल योञ्जन र छुल्ठिम गुरुङको लगानी, प्रविण श्रेष्ठको सम्पादन रहने कार्यक्रममा जानकारी दिइयो ।
chhulthim-gurung
त्यस्तै चलचित्रमा अर्का पात्र राजु लामाको पनि उपस्थिति रहने छ | “होस्टेल” मा खल पत्रमा देखिएका अहिले भने अलि फरक भूमिकामा यस चलचित्रमा आउदैछन् | यस चलचित्रमा भने उनि “डेनी” नामक पत्रमा आउदैछन् | आफ्नो प्ले बोय तरिकाको भूमिका रहेको कुरा उनले बताएका छन् | चलचित्रमा उनि संगै कुशल विष्ट, दीनेश डीसी, रुपा राना, विनोद पौडेल, पिटर तमाङ लगाएतका कलाकारहरुको अभिनय रहने छ |

Leave a Reply

%d bloggers like this: