Thu. Apr 18th, 2024

मनोरंजनसंसार डटकम
आज बुधबार राजधानीमा हुन गईरहेको एलजी अवार्ड कार्यक्रममा वलिउड स्टार अभिनेता तथा पार्लिमेन्न्ट संसद सत्रुघन सिन्हा प्रमुख अतिथिमा रहेका छन् | उनि यस कार्यक्रमको उपस्तिथीको लागि हिजो मंगलबार नै काठमाडौँ आइसकेका छन् | उनको स्वागतको लागि निर्माता निर्देशक तथा एलजी फिल्म अवार्ड आयोजक समिति अध्यक्ष दिनेश डिसी लगाएत थुप्रै पत्रकार त्रिभुवन विमानस्थल पुगेका थिए | सिजी ग्रुपको पहलमा सिन्हालाई काठमाडौं भित्र्याइएको हो |
त्रिभुवन विमानस्थलमा पत्रकारहरु संग कुरा गर्दै उनले आफुलाई नेपाल अधिक मन पर्ने र नेपाल आउदा आफ्नो मन धेरै खुसि हुने कुरा बताएका छन् | नेपालीहरुको स्वागत सत्कार र सम्मान आफ्नो लागि ठुलो गर्वको कुरा रहेको समेत उनले उल्लेख गरे | त्यसका साथै उनले नेपाल र नेपालीको समेत खुलेर प्रशंसा गरे | अवार्ड समारोहमा सिन्हाको बायोग्राफीकल बुक पनि सार्वजनिक गर्ने कार्यक्रम छ ।

Leave a Reply

%d bloggers like this: