Sat. Apr 20th, 2024

मनोरंजनसंसार डटकम
कलेज अफ जर्नालिजम एण्ड मास कम्युनिकेसन “सीजेएमसी” को आयोजनामा हुन गइरहेको “नेपाल–अफ्रिका फिल्म फेस्टिवल” मा सहभागी हुन करिब एक दर्जन अफ्रिकी फिल्मकर्मी तथा प्रोफेसरहरु काठमाडौमा आएका छन् ।
पाँचौ “नेपाल–अफ्रिका फिल्म फेस्टिवल–२०१६” राजधानीको कमलपोखरीस्थित रसियन कल्चर सेन्टरमा सुरु हुँदैछ । आयोजक संस्था सिजिएमसीले सोमबार पत्रकार सम्मेलन गरी फेस्टिवलमा सहभागी फिल्मबारे जानकारी गराएको छ । यसपटक नेपाललगायत ९ मुलुकका फिल्म फेस्टिवलमा स्क्रिनिङ गराइँदैछ ।
फेस्टिवलमा सहभागी हुन नर्वेस्थित ओस्लो युनिभर्सिटीका प्रोफेसर क्रिस्टिना युगाण्डा हाई कमिसनका प्रथम सचिव ज्य्राँक मुटुङ्गी, तान्जिनियाका फिल्म निर्देशक मार्टिन महान्दुलगायतका फिल्मकर्मी राजधानी आएका छन् ।
कार्यक्रममा बोल्दै तान्जिनियाका फिल्म निर्देशक मार्टिनले भने, “अधिकांश अफ्रिकी मुलुकहरु गृहयुद्धको चपेटाले गर्दा पछाडि परेकाछन् । यसबाट फिल्म क्षेत्र पनि अछुतो छैन ।” उनले “नेपाल–अफ्रिका फिल्म फेस्टिवल” ले संस्कृति तथा देशको भूगोलबारे जान्ने अवसर प्रदान गर्ने बताए ।
उपराष्ट्रपति नन्दकिशोर पुनद्वारा उद्घाटन हुने फेस्टिबलको पहिलोदिन डेमोक्रेटिक रिपब्लिक कंगोको फिल्म लुमुम्बा स्क्रिनिङ हुँदैछ भने नेपाली फिल्म मसान स्क्रिनिङसँगै महोत्सव समापन हुनेछ । फेस्टिवल उद्घाटनमा नेपाल र अफ्रिकाका बिभिन्न मुलुकका प्रतिष्ठित फिल्म निर्देशको उपस्थिति रहने डा. मिश्रले बताइन् ।

Leave a Reply

%d bloggers like this: