Wed. Apr 24th, 2024

मनोरंजनसंसार डटकम
नेपाली गीत संगीतमा निरन्तर लामो समय देखि लागिरहेका गायक पुस्कर सुनुवारको नया “करुवा तेल” बोलको गीत सार्वजनिक भएको छ | नेपाली दर्शक माझ थुप्रै मार्मिक गीत प्रस्तुत गरिसकेका गायक पुस्कर सुनुवारको यो गीत भने बिल्कुलै फरक सैलिमा रहेको छ | उनलाई यस गीतमा गायिका ज्योति मगरले आफ्नो सुमधुर स्वर दिएर साथ दिएका छन् | उनको यस गीतमा शब्द संगीत राजेन्द्र बजगाईको रहेको छ भने अरेन्जको काम चाही स्वयम उनि आफैले गरेका छन् |
pushkar-sunuwar
pushkar-sunuwar
उनको यस गीतको म्युजिक भिडियो पनि निकै नै राम्रो तयार भएको छ | रामेश्वोर हुमागाईंको छायांकन र शंकर अधिकारी “घायल” को निर्देशनमा तयार भएको म्युजिक भिडियोमा दुर्गेश थापा र चन्दा दाहालले अभिनय गरेका छन् |
pushkar-sunuwar
निकै नै मार्मिक गीतहरु दर्शक माझ प्रस्तुत गरिसकेका गायक पुस्कर सुनुवार यसपटक भने पृथक सैलिमा दर्शक समक्ष आएका छन् | आफ्नो लामो समयको गीत संगीतको यात्रामा उनि निरन्तर लागिरहेका छन् | उनको गीतहरुले दर्शकहरुको मनमा राज समेत गरिसकेको छ | आफु सधैब यस क्षत्रमा अग्रसर रहने र दर्शकहरुलाई निकै नै राम्रो कुराहरु प्रस्तुत गर्ने प्रयास गर्ने प्रतिबद्धता उनले जाहेर गरेका छन् |
हेर्नुस गीत :

Leave a Reply

%d bloggers like this: