Thu. Apr 25th, 2024

मनोरंजनसंसार डटकम
बलिउड सुपर स्टार आमिर खानले अब प्रत्येक बर्ष बलिउड इन्डस्ट्रीमा २ कलाकारलाई जन्म दिने भएका छन् | लामो समय देखि बलिउडमा सफल रुपमा स्थापित भएका स्टार आमिर खानले आफ्नो आउदो चलचित्र दंगाल प्रदर्शनको तयारी हुदै गर्दा बलिउड फिल्म उद्योगको लागि प्रत्येक बर्ष २ कलाकारलाई जन्म दिने प्रतिबद्धता जाहेर गरेका छन् |
कलाकारितालाई आफ्नो पहिलो प्राथमिकता राखी चलचित्रमा अभिनय गर्ने सपना बोकेका युवा पुस्ताहरुलाई पनि सहि मुल्यांकन गरि उचित स्थान दिनु पर्ने बिस्वस्का साथ उनि र उनका टिम यस प्रक्रियामा लागेको कुरा खुल्नमा आएको छ | यदेपी यस कामलाई आमिर खानले सुरु गरिसकेका छन् उनले आफ्नो आउन लागेको चलचित्र दंगाल मा समेत २ नया अनुहारहरुलाई लिएर आउदै छन् |
आमिर खानको पछिल्लो चलचित्र पिके पछि उनको कुनै चलचित्र अहिले सम्म आएको छैन | मोस्ट वेटेड सुचिमा रहेको उनको आउदो चलचित्र “दंगाल” को उनका सम्पूर्ण फ्यानहरुलाई निकै पर्खाई रहेको छ |

Leave a Reply

%d bloggers like this: