Tue. Apr 23rd, 2024

मनोरंजनसंसार डटकम
बलिउड सुपरहिट चलचित्र “एक था टाईगर” पछि अब फेरी नायक सलमान खान र नायिका कट्रिना क्याफलाई एकपटक फेरी संगै देख्ने पाइने भएको छ | “सुल्तान” निर्देशक अलि अब्बास जफरको नयाँ प्रोजेक्ट “टाईगर जिन्दा है” मा सलमान र कट्रिनालाई एकसाथ ल्याउने तयारी भैरहेको कुरा खुल्नमा आएको छ |
प्रेम जोडी नामले पनि निकै चर्चामा रहेका यी २ कलाकारहरुको “एक था टाईगर” पछि संगै कुनै चलचित्र आएको छैन |
मेडिया कर्मीले यस चलचित्र सम्बन्धि नायिका कट्रिना क्याफलाई सोदेको प्रश्नमा उनले आफुलाई अहिले सम्म यो बिषयमा कुनै खबर नपाएको र यदि निर्माताले प्रस्ताव गरेको खण्डमा आफुले फिल्म अफिसियल घोषणाको लागी पनि निर्मातालाई दबाब दिने कुरा उनले बताएकी छिन् | कट्रिनाको यस किसिमको बयानले सलमान र कट्रिनालाई फेरी एकपटक संगै पर्दामा लिएर आउने सम्भावना निकै प्रवल देखिएको छ |

Leave a Reply

%d bloggers like this: