Fri. Apr 19th, 2024

मनोरंजनसंसार डटकम
सिने मनबल इन्टरप्राईजेज र कर्पोरेट म्यागजिनको सँयुक्त लगानीमा चलचित्र “युनिटी” को निर्माण हुने भएको छ | यो भन्दा अगाडी चलचित्र “राहदानी” निर्देशन गरेका सञ्चारकर्मी डब्बु क्षत्रीले युनिटीको निर्देशन गर्दैछन् । राजधानीमा एक कार्यक्रम बीच नेपाल पत्रकार महासंघका अध्यक्ष डा. महेन्द्र बिष्ट र उधोग बाणिज्य महासंघका उपाध्यक्ष दिनेश श्रेष्ठले सँयुक्त रुपमा चलचित्रको ‘टाईटल’ उद्घाटन गरे । चलचित्र पत्रकारहरुको हक हित र संघर्ष र देशको भ्रष्टाचार बिरुद्ध मुद्दा उठाएर तयार हुन लागेको कुरा महासंघका अध्यक्ष डा. महेन्द्र बिष्टले बताउनु भएको छ | पत्रकार माथि हुने ज्याजति र पैसाको आडमा संचार माध्यम माथि गरिने अतिक्रमणको कुरा समेत यस चलचित्रले बाहिर लिएर आउने विश्वास उनले व्यक्त गरेका छन् |
चलचित्रमा हर्कुलेस बस्नेतको संगीत, शैलेन्द्र सरद र डब्बु क्षत्रीको गीत, सुसन प्रजापतिको छायाँकन, शक्तिप्रज्वल घिमिरेको सम्पादन र सुलभ ढकालको निर्माण व्यबस्थापन रहने छ । चलचित्रका निर्माता लक्ष्मी प्रसाद ढकाल हुन् | चैत्रमा प्रदर्शन गर्ने तरखर गरिएको चलचित्र असोजको पहिलो हफ्तामा शुटिंग फ्लोरमा जाने कुरा निर्माण पक्षले जानकारी दिएको छ |

Leave a Reply

%d bloggers like this: