Thu. Apr 25th, 2024

मनोरंजन संसार डटकम
नेपाली चलचित्र क्षेत्रमा एक्शन किङ्ग को उपनाम पाएका नायक निखिल उप्रेती आज भन्दा ७ बर्ष अगाडी वलिउड तथा भोजपुरी फिल्ममा अभिनयको लागी काठमाडौँबाट मुम्बई पुगेका थिए | तर अहिले उनको वापसी भएको छ | उनको रिटर्न निकै नै दमदार भयो | उनि फर्केर नेपाली चलचित्रमा आउन साथ फेरी स्थापित हुन सफल रहे | तर उनले गरेको एक भोजपुरी चलचित्र भने अहिले आएर बल्ल प्रदर्शनको तयारीमा रहेको छ |
नेपाली, भोजपुरी तथा हिन्दी भाषामा डबिङ सहित रिलिज हुने भनिएको भोजपुरी चलचित्र “मजाक” मा नायक निखिल उप्रे लिड रोलमा रहेका छन् । उक्त चलचित्रको लागी निखिलले १३ लाख नेपाली रुपैयाँ पारिश्रमिक लिएको कुरा श्रोतले बताएको छ | नेपाली चलचित्र संगै भोजपुरी चलचित्रमा देखिँदै गरेका निखिलको “मजाक” लाई नेपालको सिरहा, बन्दिपुर, धनुषा, इलाम लगायतका स्थानमा छायांकन गरिएको छ भने चलचित्रमा निखिलको साथमा समिता र किसोर यादव समेत लिड रोलमा रहेका छन् । मिथिलेस निसाधले निर्देशन गरेको चलचित्रमा हिमाल केसीको एक्सन छ ।

Leave a Reply

%d bloggers like this: