Thu. Apr 25th, 2024

मनोरंजनसंसार डटकम
अहिले नेपाली गीत संगीतको विकास र प्रबर्धन निकै नै तिब्र रुपमा भैरहेको छ | नेपाली गीत संगीतमा आबद्ध सम्पूर्ण कलाकारहरुले आफ्नो तर्फबाट योगदान दिइरहनु भएको अवस्था रहेको छ | देश भित्र मात्र नभई देश बाहिरबाट पनि थुप्रै कलाकारहरुले आफ्नो पाईला नेपाली गीत संगीत तर्फ अग्रसर रुपमा सार्दै हुनुहुन्छ | यहि बिचमा एउटा नाम हो अन्जन किराँती जसले जिन्दगीको आफ्नो भोगाइलाई समेत गीत संगीतको अत्ति नै राम्रो आकार दिन सफल रहे | नेपाली कलाक्षेत्रमा धेरै कलाकारहरु काल्पनिक संसारमा होमिएको समेत पाइन्छ तर वास्तविक जीवन संग सम्बन्धित रहेर कुनै कुराको अविष्कार गर्नु धेरैको बसको कुरा हुदैन | तर रचनाकार अन्जन किराँतीले कल्पनाको संसार भन्दा बाहिर रहेर आफ्नो वास्तविक जीवनको सत्यताको भोगाई र सम्झनालाई गीत संगीतको साहाराले एउटा आकर्षक र उत्कृष्ट रुपमा परिवर्तन गर्न सफल रहेका छन् |
anjan-kirati
त्यहि आफ्नो जीवनको भोगाई नेपाली समाजको परिवेश र वास्तविकतालाई समेटेर नेपाली गीत संगीतमा अग्रसर हुदै रचनाकार अन्जन किराँतीले आफ्नो पहिलो एल्बम सार्वजनिक गरेका छन् जसको नाम रहेको छ “एउटा सत्य” | सत्यताको हरेक अंशलाई समावेश गरेर गीत संगीतको माध्यमबाट आफ्नो मनको कुरा दर्शक माझ निकै मार्मिक शैलीमा प्रस्तुत गर्न खोज्दैछन् रचनाकार अन्जन किराँती | उनको यस गीति संग्रहमा ६ वटा गीत समावेश रहेको छ जसमा उनको एकल शब्द र गायक तथा संगीतकार भिषण मुकारुङको एकल संगीत तथा स्वर रहेको छ। |”एउटा सत्य”, “फुलको सौन्दर्य”, “जीवनबाट”, “पूर्णिमाको जूनजस्तो”, “तिमीबाट टाडा” र “जन्मपछि” बोलका गीतहरु प्रस्तुत एल्बममा रहेका छन् । “फूलको सौन्दर्य” बोलको गीतमा गाएक भिषण मकारुङलाई गायिका मेलिना राईले स्वरमा साथ दिएकी छन् । समावेश ६ वटा गीत मध्य ४ वटा गीतमा आमोस तामाङ्ग १ वटा गीतमा चाँद सिंह र बाकी एउटा गीतमा नोर्बु शेर्पाको एरेन्जीङ्ग रहेको छ |
anjan-kirati
anjan-kirati
उनको एल्बम सार्वजनिक भएपनि बजारमा भने अहिले सम्म “एउटा सत्य” र “पुर्णिमा को जुन जस्तो” गरि २ वटा गीतको भिडियो मात्र रिलिज भएको छ | रिलिज भएका २ वटै गीतको म्युजिक भिडियो निकै नै आकर्षक र उत्कृष्ट बनेको छ | सार्वजनिक “पुर्णिमा को जुन जस्तो” बोलको गीतमा शब्द स्वयम अन्जन किराँतीको रहेको छ भने स्वर संगीत भिषण मकारुङले दिनुभएको छ | यस्तै बिज्ञान राईले सम्पादन र निर्देशन गरेको म्युजिक भिडियोमा योगेन्द्र र सुष्माले अभिनय गरेका छन् भने गीतलाई आमोस तामाङ्गले एरेन्ज गरेका छन् |
anjan-kirati
anjan-kirati
त्यस्तै उनको अर्को सार्वजनिक गीत “एउटा सत्य” मा समेत शब्द रचना अन्जन किराँतीको रहेको छ भने स्वर संगीत भिषण मकारुङले दिनुभएको छ | निकेश खड्काको निर्देशन र अर्जुन तिवारीको छायांकनमा तयार गरिएको गीतको म्युजिक भिडियोमा वर्षा राउत र प्रकाशले आकर्षक अभिनय गरेका छन् |
anjan-kirati
उदयपुर जिल्लाको बेल्टारमा जन्मेका रचनाकार अन्जन किराँती लामो समयदेखि रोजगारीको सिलसिलामा युएईमा बस्दै आएका छन् | सानै देखि गीत संगीत र साहित्यमा रुचि भएको र त्यहि आफ्नो इच्छा र चाहनालाई रचनाको साहारा लिएर गीत संगीतको रुप दिन खोजेको कुरा उनले उल्लेख गरेका छन् | नेपाली गीत संगीतमा अन्जन किराँती बिल्कुलै नया नाम भएपनि आफ्नो काम र प्रस्तुतिबाट निकै छोटो समयमा उनि दर्शकहरुको मनमा बस्न सफल भैसकेका छन् | उनको सार्वजनिक २ गीत अहिले सामाजिक संजाल युटुबमा बिस्तारै लोकप्रिय बन्दै गईरहेको छ | देशबाट टाढा बस्नु परेता पनि आफ्नो पहिलो प्राथमिकता नेपाली गीत संगीत भएको र यसको पक्षमा आफु निरन्तर निष्ठाका साथ लागिरहने विश्वास उनले ब्यक्त गर्नुभएको छ | आफ्नो पहिलो प्रयासलाई दर्शकहरुले सबैतिरबाट सहि मुल्यांकन गरि माया र सम्मान दिनुभएको र उहाहरुको यो आस्थालाई सधैब बचाई राख्ने प्रतिबद्धता उहाले जाहेर गर्नुभएको छ |
anjan-kirati
हेर्नुस गीत :

Leave a Reply

%d bloggers like this: