Thu. Mar 28th, 2024

मनोरंजनसंसार डटकम
धेरै समय देखि हुन सकेको चलचित्र निर्माता संघको १४ औं साधारणसभाकोमिति अन्तत तोकिएको छ | बिहिबार सार्वजनिक गरिएको महासचिव केशव भट्टराई द्वारा जारी गरिएको प्रेस विज्ञप्तीमा आउँदो मंसिर ४ गतेलाई साभारण सभा तथा कार्यसमिति निर्वाचनको मिति उल्लेख गरिएको छ | चलचित्र विकास बोर्डका अध्यक्ष नियुक्त भए संगै धेरै निर्माताहरुले साधारणसभाको माघ हुने पर्ने कुरा उठाएका थिए | तर विभिन्न कारणले गर्दा संघ साधारणसभाको फाईनल मिति तय गर्न असमर्थ रहेको थियो |
केहि समय अगाडी नै संघका ३ पदाधिकरीहरुको संघबाट राजिनामा पेश गरिसकेका छन् | उनीहरुले आफुहरुले राजिनामा दिनुको कारण वर्तमान कार्यसमिति पदाधिकरीहरुको कामप्रतिको असन्तुष्टी रहेको खुलासा गरेका थिए | तर संघको पछिल्लो विज्ञप्ति समावेश लेटरहेडमा उपाध्यक्ष उदय सुब्बा सहितका पदाधिकारीहरुको नाम समावेश रहेको छ | यस हिसाबमा राजिनामा दिएका पदाधिकरीहरुको राजिनामा स्विकृत नभएको अनुमान लगाउन सकिन्छ ।

Leave a Reply

%d bloggers like this: