Thu. Apr 25th, 2024

मनोरंजनसंसार डटकम
अहिले सर्भादिक सफलताको साथमा हिजो देखि चलचित्र “वीर विक्रम” ले दोस्रो हफ्तामा प्रवेश गरेको छ | प्रदर्शनको ३ दिन मै करोड क्लबमा पाईला राखेको चलचित्र “वीर विक्रम” ले सानासाना बालबालिका देखि बृध सम्मको दर्शकहरुको मन रिझाउन सफल भएको छ | अहिले सबैको मन मुटुमा “वीर विक्रम” बसेको छ | पूर्व देखि पश्चिम सम्म चर्चा छ त मात्र चलचित्र “वीर विक्रम” को | दोस्रो हफ्तामा प्रवेश गर्दा उपत्यका भित्र मात्र नभई बाहिर मोफसलमा समेत अधिकांश हलहरु चलचित्र “वीर विक्रम” ले कब्जा गरेको छ | चलचित्र दोस्रो हफ्तामा प्रवेश गर्दा समेत चलचित्र हेर्न दर्शकहरुको भिड कम भएको छैन | अहिले मल्टिप्लेक्स देखि सिंगल थिएटर सम्म अधिकांश हलहरुमा हाउसफुल शो चलिरहेको छ भने थुप्रै हलहरुले शो थप्ने क्रम समेत तिब्र पार्दै लागिरहेको छ | चलचित्र “वीर विक्रम” अत्याधिक मनपराई अधिकांश दर्शकहरुले ४ देखि ६ पटक सम्म दोहोर्याएर “वीर विक्रम” लाई हेरेको समेत पाइएको छ | त्यसै चलचित्र “वीर विक्रम” ले हिजोबाट प्रदर्शनमा आएको बलिउड स्टार टाईगर शरोफ अभिनित हिन्दी चलचित्र “फ्लाईङ्ग जट” र आज बाट प्रदर्शनमा आएको महानायक राजेश हमाल अभिनित चलचित्र “सकुन्तला” लाई पनि मात खुवाएको छ |
bir-bikram


यसै बीच चलचित्र “वीर विक्रम” ले देशभर सफलताका साथ प्रदर्शन अगाडी बढाई रहेको बेला सुपरस्टार नायक दयाहाङ्ग राई चलचित्र “वीर विक्रम” लिएर अस्ट्रेलिया जादैछन् | नमस्ते इन्टरटेनमेन्टको प्रस्तुतिमा गोविन्द राई , बिनोद पौडेल , भुपाल सिटौला , बिमल गौतम र कोमल पाठकको सामिप्येमा चलचित्र “वीर विक्रम” लाई अस्ट्रेलियामा प्रदर्शन गर्न लागिएको हो | त्यसै गरि चलचित्र “वीर विक्रम” १६ सेप्टेम्बर सिड्नी स्थित सिनेमाज जेओर्ज एसटी , १७ सेप्टेम्बर सिड्नी स्थित ब्युरुडमा र १८ सेप्टेम्बर सिड्नी स्थित हुर्स्टविललेमा प्रदर्शन हुदैछ | चलचित्रका नायक दयाहाङ्ग राई चलचित्र “वीर विक्रम” लिएर १३ सेप्टेम्बरमा अस्ट्रेलिया पुग्दैछन् | उनको अस्ट्रेलिया बसाई १ हफ्ताको हुनेछ र प्रत्यक शो मा उनि दर्शक माझ उपस्थित हुने कुरा चलचित्रको “वीर विक्रम” का निर्माता तथा निर्देशक मिलन चाम्सले जानकारी दिनुभएको छ |
bir-bikram
चाम्स इन्टरटेनमेन्टको ब्यानरमा निर्माण भएको चलचित्र “वीर विक्रम” मा दयाहाङ राई, अनुपविक्रम शाही, अर्पण थापा, दीया पुन , विवेक लिम्बु , शिशिर राना , बसन्त भट्ट र नाजिर हुसेनको मुख्य भूमिका छ । चलचित्रका मुख्य सहायक निर्देशक रामशरण कोइराला र गिरिराज घिमिरे रहेका छन् | चलचित्रमा शब्द संगीत अहिलेका चर्चित संगीतकार तारा प्रकाश लिम्बुको रहेको छ | त्यसै दिपा लामा , प्रबिशा अधिकारी , राजेश पायल राई र अनिल राईले समेत चलचित्रमा आफ्नो सुमधुर स्वर भरेका छन् | चलचित्रका लेखक यम थापा हुन् | चलचित्रमा रेनेशा बान्तवा राइको नृत्य निर्देशन रहेको छ | चलचित्रको बजार वितरकको जिम्मा गोबिन्द शाहीले लिनुभएको छ | चलचित्र “वीर विक्रम” ले उपत्यका भित्र अपार सफलता हासिल गर्दै निकै नै राम्रो व्यापार गर्न सफल भएको कुरा उहाले उल्लेख गर्नुभएको छ | त्यस्तै चलचित्रका उपत्यका बाहिरको बजार वितरकको जिम्मा केदार प्रसाद पराजुलीले लिनु भएको छ | चलचित्र “वीर विक्रम” भाद्र २ गतेबाट उपत्यकामा र भाद्र ३ गतेबाट देशभरका सम्पूर्ण हलहरुमा प्रदर्शन भैरहेको छ |
हेर्नुस ट्रेलर :


हेर्नुस गीत :

Leave a Reply

%d bloggers like this: