Tue. Apr 23rd, 2024

मनोरंजनसंसार डटकम
धेरै लामो समय नेपाली चलचित्र क्षत्रमा सफल अभिनय गरेर स्थापित भएकी नायिका झरना थापाले अब चलचित्र निर्देशन तर्फ पाईला सार्दै छिन् | यसै बीच एस के थापा प्रोडक्शनको व्यानरमा बन्दै गरेको उनको पहिलो चलचित्र “ए मेरो हजुर” को अहिले शुटिंग भैरहेको छ जसका निर्माता स्वयम उनको श्रीमान सुनिल कुमार थापा रहेका छन् भने निर्देशन अभिनेत्री झरना थापाले गर्दैछिन | चलचित्र निर्माणको हल्ला धेरै अगाडी देखि चल्दै आएको हो भने चलचित्रमा नायिका साम्राज्ञलक्ष्मी शाह र सलोन बस्नेत फाईनल समेत भैसकेका थिए | तर चलचित्रका मुख्य पात्रको भने खुलासा भएको थिएन | तर अहिले चलचित्र “ए मेरो हजुर” को मुख्य पात्रको खुलासा भएको छ उनि हुन् सलिन मान बानिया | ५ फिट ८ ईञ्ज उचाई तथा आकर्षक कदका धनी सलिन साम्राज्ञीको अपोजिटमा फिट भएसँगै केहि समय पहिले फिल्ममा अनुबन्ध भएको बताईन्छ । म्यानेज्मेन्टमा विधार्थी सलिन काठमाडौं न्यूरोडका स्थानिय बासिन्दा हुन् भने उनि नृत्यमा पोख्त रहेको बताईन्छ ।
a-mero-hajur
सलिन मान बानिया नायक को चलचित्र “ए मेरो हजुर” मा एक्कासी देखिन लागेपनि यो नाम चलचित्र क्षत्रमा भने बिल्कुलै नया नाम हो | उनको बारेमा कसैलाई पनि केहि कुराको जानकारी छैन | त्यो हिसाबले उनको सबै कुरा अब चलचित्र “ए मेरो हजुर” ले नै बताउने छ | उनि संगै चलचित्रमा साम्राज्ञलक्ष्मी शाह , सलोन बस्नेत , बुद्धि तामाङ, अनुभव रेग्मी लगाएतका कलाकारहरुको अभिनय रहेको कुरा जानकारीमा आएको छ |
धेरै समय अगाडी यसै ब्यानर बाट चलचित्र “ए मेरो हजुर” को निर्माण भैसकेको थियो जसमा नायिका झरना थापा र स्वर्गीय नायक श्रीकृष्ण श्रेष्ठको अभिनय रहेको थियो | तर अहिले फेरी १० बर्षको अन्तराल पछि चलचित्रको सोहि नाम लिएर फेरी नायिका झरना थापाको निर्देशन र सुनिल कुमार थापाको निर्माणमा चलचित्र “ए मेरो हजुर” बन्दै छ | चलचित्रको नामलाई लिएर परिवर्तनको लागि केहि चर्चा समेत चलेको थियो तर अन्तत “ए मेरो हजुर” नामलाई नै निर्माण पक्षले फाईनल गरेको थियो | सस्पेन्स लव स्टोरी जेनेरमा आधारित रहेको चलचित्रको अहिले धमाधम शुटिंग भैरहेको छ |चलचित्रको काठमाडौँ उपत्यका भित्रको बजार वितरकको जिम्मा गोबिन्द शाहीले लिनुभएको छ भने उपत्यका बाहिरको बजार वितरकको जिम्मा केदार प्रसाद पराजुलीले लिनुभएको छ |

Leave a Reply

%d bloggers like this: