Thu. Mar 28th, 2024

मनोरंजनसंसार डटकम
नेपाली चलचित्र क्षत्रकी अब्बल कलाकार तथा निर्देशक दिपाश्री निरौलाले मंगलबार एक कार्यक्रम बीच आफ्नो जन्म दिन मनाएकी छिन् | मध्य रातमै परिवारसँग जन्मदिन सेलिब्रेसन गरेकी दीपाले काठमाडौँको प्रज्ञा भवनमा चलिरहेको गाईजात्रा पर्वमा मंगलबार सांँझ आफ्नो टिम तथा दर्शकसँगै जन्मदिन मनाईन् । २०३२ साल भाद्र ७ गते बिराटनगरको कोशी अंचल अस्पतालमा जन्मिएकी दिपाश्री मंगलबार देखि ४२ बर्षमा लागेकी छिन् । टेलिफिल्म ‘तितो सत्य’ मा प्रवेश गरेपछि दीपाले कहिले पछाडी फर्केर हेर्नुपर्ने स्थिति आएन | उनलाई जन्म दिनको सबैले शुभकामना दिएका छन् भने उनको सहयात्री दिपक राज गिरीले उनको लागि बिहान शुभकामना स्वरुप फेसबुकमा स्टाटसनै लेखेका थिए |
दिपकले यस्तो स्टाटस लेखेका थिएः
संघर्षका दिनमा तिमिवाट साथ पाँए
लडेर उठ्न खोज्दा तिमै हात पाएँ
दु:ख हजार देउ हे इश्वर । तिमीलाइ मेरो माफि छ
संसारसँग लड्न सक्ने
यो साथि नै काफी छ ।
यी दुई कलाकारहरुको जोडी धेरै बर्ष देखि जमिरहेको छ भने अत्याधिक दर्शकहरुले मनपराउनु समेत भएको छ | दिपक राज गिरीको सहकार्यमा ‘तितो सत्य’ को निर्माण र अभिनयसँगै फिल्म निर्देशनको बाटोमा पाईला चालेकी थिईन उनले | भदौ २४ गतेदेखि प्रदर्शनमा आउन लागेको चलचित्रको ‘छक्का पञ्जा’ को निर्देशन गरेकी उनि निकै सरल र सहज स्वभावको नारी हुन् | उनको ब्यक्तित्वोको सबैले प्रशंसा समेत गर्ने गर्दछन् | उनको जन्म दिनको अवसरमा मनोरंजनसंसार डटकम परिवारको तर्फ बाट हार्दिक मंगलमय शुभकामनाको साथमा उत्तरउत्तर प्रगतिको कामना गर्दछौ |

Leave a Reply

%d bloggers like this: