Fri. Apr 26th, 2024

मनोरंजनसंसार डटकम
केहि समय अगाडी प्रदर्शनमा आएको चलचित्र “रोल्पा रोग” का निर्देशक दिपक ओलीको नयाँ प्रोजेक्ट “कुम्भकरण” सुरु गर्ने भएका छन् | यसै चलचित्र मार्फत पहिलो पल्ट नाएक गौरव पहारी र नायिका निशा अधिकारीको रोमान्स देखिने भएको छ | रोमान्टिक, सस्पेन्स र कमेडी बिषयमा निर्माण गर्न लागिएको चलचित्रमा भोलाराज सापकोटा, गौरव पहारी, निशा अधिकारी, अभय बराल, आकाश पल, कुलदिप अधिकारी, सद्भाव थापा लगाएतका कलाकारहरुको मुख्य भूमिका रहनेछ |
महेश दवाडीको कथा, पटकथा तथा संवादमा तयार हुने चलचित्रमा हरी लामाको छायांकन र सुरेन बसेलको नृत्य निर्देशन रहनेछ । चलचित्रलाई दाङ र प्युठान जिल्लामा छायांकन गरिने कुरा जानकारीमा आएको छ । निर्माण पक्षले शुटिंग फ्लोरमा जाने मिति भने अहिले सम्म निधो गरेको छैन | आकाश पल इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण हुन लागेको चलचित्रमा रोम वली कार्यकारी निर्माता रहेका छन् भने क्षितिज बस्नेत र खड्ग वुढाथोकी चलचित्रका निर्माता हुन् ।

Leave a Reply

%d bloggers like this: