Tue. Jun 6th, 2023

मनोरंजन संसार डटकम
जन्म दिनको खुसि सबैलाई हुन्छ र सबैको जन्म दिन मनाउने आफ्नो आफ्नै तरिका हुन्छ यसै बीच निर्देशक संगीत बस्यालले “पूजा फाउन्डेशन” को तर्फबाट बानेश्वरको संगम टोलमा रहेको “न्यु नेपाल सोसाईटी” मा रहेका ७० जना अनाथ बालबालिकाहरुलाई खाना खुवाएर आफ्नो जन्मदिन मनाएका छन् । उनि चलचित्र “हाउडे” का निर्देशक हुन् जुन संगित फिल्मको ब्यानरमा निर्माण भएको थियो | “पूजा फाउन्डेशन” को स्थापना स्वयम निर्देशक संगीत बस्याल र पुजा ठकुरी मिलेर गरेका हुन् | निर्देशक बस्यालले अनाथ बालबालिकाहरुको खुसि र प्रगतिको लागि आफुले सक्दो प्रयास गर्ने विश्वास ब्यक्त गरेका छन् |
उनि निकै निखारियेका निर्देशक हुन् | उनले अहिले सम्म ५० वटा भन्दा बढी म्युजिक भिडियो निर्देशन गरिसकेका छन् भने हाउडे उनको पहिलो चलचित्र हो | त्यस पश्च्यात उनले अब अामा याङ्ग्रको ब्यानरमा निर्माण हुन लागेको चलचित्र “रेड लकेट” को निर्देशन गर्ने जानकारी दिएका छन् | कलाकार अहिले सम्म फाइनल नभैसकेको चलचित्रको शुटिंग भने थाइलान्डमा हुने कुरा उनले उल्लेख गरेका छन् |
बिष्णु प्रसाद श्रेष्ठले निर्माण गरेको चलचित्र “हाउडे” भने तिहार पछि प्रदर्शन हुने जानकारीमा आएको छ | चलचित्रमा विश्वास श्रेष्ठ, मनिस केसी, एनी कुँवर र रोजी बस्नेतको मुख्य अभिनय रहेको छ । चलचित्र निकै नै राम्रो बनेको र नेपाली सामाजिक परिवेशमा तयार भएको कुरा निर्देशक बस्यालले बताउनु भएको छ |

Leave a Reply

%d bloggers like this: