Thu. Apr 18th, 2024

मनोरंजनसंसार डटकम
यो हफ्ता रक्षा बन्धनको अवसर पारेर २ चलचित्र “वीर विक्रम” र “चपली हाइट २” दर्शक माझ प्रदर्शनमा आए | “चपली हाइट २” ले चलचित्र विकास बोर्डको नियम उल्लंघन गरि तोकिएको मिति भन्दा १ दिन अगाडी अर्थात् भाद्र २ गते बिहिबार देखि प्रदर्शन थालनी गरेपछि चलचित्र “वीर विक्रम” समेत तोकिएको मिति भन्दा १ दिन अगाडी प्रदर्शनमा आउन बाध्य भयो | तर तोकिएको मिति भन्दा १ दिन अगाडी प्रदर्शनमा आउदा समेत चलचित्र “वीर विक्रम” लाई कुनै खास्सै असर परेन | प्रदर्शनको पहिलो दिनमा नै “वीर विक्रम” ले अर्को चलचित्र “चपली हाइट २” लाई मात खुवाएको छ | चलचित्र “वीर विक्रम” प्रदर्शनको पहिलो दिनमा नै सम्पूर्ण हलहरुमा हाबी देखियो | त्यसै गरि दर्शकहरुको अत्याधिक चापका कारण मल्टिप्लेक्स देखि सिंगल थिएटर सम्म सबै हलहरुले शो थप्ने क्रम निकै तिब्र बनायो | त्यस पश्च्यात दोस्रो २ दिन शुक्रबारबाट चलचित्र “वीर विक्रम” उपत्यका बाहिर समेत प्रदर्शनमा आयो र सोच्दै नसोचेको परिणाम बाहिर लिएर आयो | “वीर विक्रम” हेर्न दर्शक गाउगाउ देखि उठ्न थाले र दर्शकहरुको अत्याधिक चापको कारण सम्पूर्ण हलहरुले फेरी शो थप्ने क्रम तिब्र पार्यो | शुक्रबार चलचित्र “वीर विक्रम” ऑल ओवर देशभर छायो | त्यसै गरि हिजो अर्थात् शनिबार चलचित्र “वीर विक्रम” ले सोचेको भन्दा बढी दर्शक हलसम्म लिएर आउन सफल रहयो | शनिबार देशभरका सम्पूर्ण हलहरु हाउसफुल रहयो | उपत्यकाको मल्टिप्लेक्स मात्र नभएर देशभरिका सम्पूर्ण हलहरुमा टिकट नपाएर मारामारको अवस्था समेत देखियो | हिजो शनिबार सम्पूर्ण चलचित्र “वीर विक्रम” टिम केहि हलहरुमा दर्शकहरुको प्रतिक्रिया बुझन पुगेका थिए | त्यहाँ कलाकारहरु पुग्दा दर्शकहरुले सम्पूर्ण कलाकारहरुलाई घेरेर शुभकामना दिदै चलचित्र निकै राम्रो र उत्कृष्ट रहेको प्रतिक्रिया दिए | त्यहाँ कलाकारहरु पुग्दा एक किसिमको फरक माहोल बन्यो र सेल्फी खिच्नेको होडबाजी नै भयो | गोपी कृष्णमा दर्शकहरुको भिड देख्न लाएक थियो सानासाना बालबालिका देखि बृध सम्म चलचित्र “वीर विक्रम” हेर्न हलमा पुगेका थिए | चर्को घामको पर्वाह नगरी बच्चा काखमा च्यापेर समेत महिलाहरु टिकट लिन लाईनमा बसेको दृश्य देखियो | त्यसै गरि यता बालाजु अस्टनारायण हलमा समेत दर्शकहरु टिकट नपाएर पर्खाइमा बसेको देखियो | त्यस्तै चाबहिल केएल टावर स्थित यफक्युबमा समेत दर्शकको अत्याधिक चापका कारण नाइट शो समेत सुरु गर्नुपर्ने अवस्था आयो | देशभरका सम्पूर्ण हलहरुमा दर्शकहरुको अत्याधिक चापका कारण सम्पूर्ण शो हाउसफुल भएर दर्शकहरु ओवर फलो समेत भएको देखियो | त्यस्तै दर्शकहरुको अत्याधिक चाप र ओवरफलोको कारण पूर्वको धरान , दमक यता पश्चिमको पोखरा , चितवन ,बुटवल , नारायणघाट र नेपालगंजमा धेरै बर्ष अगाडी देखि बन्द रहेको नाइट शो समेत संचालनमा आएको छ | त्यस्तै काठमाडौँको सीटिसी मलमा समेत दर्शकहरुको अत्याधिकको चापका कारण शो थपिने कारण तिब्र पारिएको छ | यस्तै हिजोबाट काठमाडौँ उपत्यकामा मल्टिप्लेक्स देखि सिंगल थिएटर सम्पूर्ण हलहरुमा चलचित्र “वीर विक्रम” को लागि ५ शो बनाइएको छ भने अझै शो थप्ने क्रम जारी छ | यसै बीच यहि सफलता र दर्शकहरुको माया र साथले चलचित्र “वीर विक्रम” ले करोड क्लबमा प्रवेश गरेको छ |
OLYMPUS DIGITAL CAMERA
OLYMPUS DIGITAL CAMERA
OLYMPUS DIGITAL CAMERA
OLYMPUS DIGITAL CAMERA
OLYMPUS DIGITAL CAMERA
चलचित्र “वीर विक्रम” ले अर्को चलचित्र “चपली हाइट २” लाई धेरै पछाडी छोडेको छ | चलचित्र “वीर विक्रम” अत्याधिक सफल हुनुको धेरै कारण छन् ती मध्य पहिलो कारण चलचित्र निकै राम्रो रहेको छ | नेपाली समाज देशको समस्या र साथीभाइको सम्बन्ध अनि माया प्रेमको कथालाई निकै नै लोब्लाग्दो ढंगमा प्रस्तुत गरिएको छ | दोस्रो कारण माउथ पब्लिसिटी अर्थात् मुखको पर्चारप्रसार जुन दर्शकहरुले चलचित्र हेरिसकेपछि गरिदिनुभयो | अर्को कारण हो शनिबार बिदाको दिन जसले गर्दा “वीर विक्रम” ले दर्शकहरु हलसम्म लिएर आउन सफल रहयो | अर्को कारण कलाकारहरुको अभिनय संगै दर्शकहरुको बिचमा कलाकारको क्रेज | नाएक दयाहाङ्ग राईलाई चलचित्रमा बिल्कुलै नया शैलीमा देख्न सकिन्छ र उनको यो फरक अभिनयले समेत दर्शकहरुको मनमा राज गर्न सफल रहयो | त्यस्तै अर्का नाएक अनुप विक्रम शाहीको चार्मिङ्ग र हेन्डसम फेस संगै उनको अभिनयले सम्पूर्ण दर्शकहरुको ध्यान आकर्षण भयो | अर्का पात्र अर्पण थापा जसलाई निकै नै फरक ढंगमा प्रस्तुत गरिएको थियो दर्शकहरु उनको अभिनयमा लालाहित भए | पहिलो पल्ट यसै चलचित्रबाट डेब्यु गरेको नायिका दिया पुनको सुन्दर अनुहार र निकै राम्रो अभिनयले दर्शकहरुलाई दङ्ग बनायो | चलचित्रमा निर्देशको भूमिका निकै नै महत्वोपूर्ण हुन्छ | यस चलचित्रमा निर्देशक तथा निर्माता मिलन चाम्सले निकै मेहेनत गरेको देखिन्छ र उनि सम्पूर्ण रुपमा सफल समेत भए | दर्शकहरु हलबाट निस्केपछि चलचित्रको प्रशंसाको वर्षा भयो हल भित्र समेत तालि र सिट्टी रोकिएनन | नेपाली चलचित्रको स्थर निकै माथि सम्मको रहेको र नेपाली चलचित्र पनि हेर्न लाएक र मनोरंजननात्मक रहेको कुरा निर्देशक तथा निर्माता मिलन चाम्सले यस चलचित्र “वीर विक्रम” बाट साबित गरेर देखाईदिएका छन् |
OLYMPUS DIGITAL CAMERA
OLYMPUS DIGITAL CAMERA
OLYMPUS DIGITAL CAMERA
OLYMPUS DIGITAL CAMERA
OLYMPUS DIGITAL CAMERA
OLYMPUS DIGITAL CAMERA
चलचित्रमा दयाहाङ राई, अनुपविक्रम शाही, अर्पण थापा, दीया पुन , विवेक लिम्बु , शिशिर राना , बसन्त भट्ट र नाजिर हुसेनको मुख्य भूमिका छ । चलचित्रका मुख्य सहायक निर्देशक रामशरण कोइराला र गिरिराज घिमिरे रहेका छन् | चलचित्रमा शब्द संगीत अहिलेका चर्चित संगीतकार तारा प्रकाश लिम्बुको रहेको छ | त्यसै दिपा लामा , प्रबिशा अधिकारी , राजेश पायल राई र अनिल राईले समेत चलचित्रमा आफ्नो सुमधुर स्वर भरेका छन् | चलचित्रका लेखक यम थापा हुन् | चलचित्रका निर्देशक तथा निर्माता मिलन चाम्स हुन् | उनले आफु निकै खुसि रहेको र आफ्नो कामलाई दर्शकहरुले सहि मुल्यांकन गरिदिनु भएकोमा सबै दर्शकहरु प्रति आभारी रहेको समेत बताउनु भएको छ | त्यस्तै दर्शकहरुको साथले आफुलाई धेरै नै हौसला मिलेको र अझै अगाडी यो भन्दा पनि राम्रो चलचित्र बनाउने प्रयास आफुले गर्ने प्रतिबद्धता उहाले जाहेर गर्नुभएको छ | उहाले पहिले देखि आफ्नो चलचित्र “वीर विक्रम” लाई बिसुद्ध नेपाली मसालेदार चलचित्रको संज्ञा दिदै आइरहनुभएको छ र त्यो अहिले प्रमाणित समेत भएको छ | त्यसै गरि चलचित्रको बजार वितरकको जिम्मा गोबिन्द शाहीले लिनुभएको छ | चलचित्र निकै नै राम्रो बनेको र चलचित्र “वीर विक्रम” ले नेपाली चलचित्र क्षत्रमा एउटा छुट्टै किसिमको नया इतिहास रच्ने तयारीमा रहेको कुरा उहाले उल्लेख गर्नुभएको छ |
bir-bikram
bir-bikram

bir-bikram

bir-bikram
bir-bikram
हेर्नुस ट्रेलर :


हेर्नुस गीत :

Leave a Reply

%d bloggers like this: