Tue. Apr 23rd, 2024

मनोरंजनसंसार डटकम
अहिले नेपाली चलचित्र एकै दिन रिलिज गर्ने क्रम तोडिएको छ | यसो बीच भाद्र १० गते आउने भनि प्रदर्शन मिति तोकिएको चलचित्र शकुन्तला फेरी भाद्र ९ गते बिहिबार देखि प्रदर्शन हुने भएको छ | चलचित्रलाई निर्देशक दिनेश श्रेष्ठले निर्देशन गरेका हुन् |त्यसैगरी चलचित्रका निर्माता महेश्वोर खत्री र श्रीप्सा खत्री हुन् | चलचित्रमा किश्वोर खतिवडा , राजेश हमाल , रबिन्द्र बस्नेत , स्मृति श्रेष्ठ , अनु शाह , रबि गिरि , प्रदिप ढकाल , राजकुमार थापा , शिवन थापा , सशांक बश्याल लगायतको कलाकारहरुको मुख्य भूमिका रहेको छ | चलचित्रमा शब्द कृष्ण हरि बराल र दयाराम पाण्डे को रहेको छ भने अर्जुन पोखरेलले आफ्नो सुमधुर संगीत भरेका छन् | चलचित्रमा नृत्य निर्देशन माई कल को रहेको छ भने अस्ट महर्जनले द्वन्द निर्देशन गरेका छन् |
चलचित्र निकै नै राम्रो बनेको र दर्शकलाई भरपुर मनोरंजन गराउने विश्वास निर्देशक दिनेश श्रेष्ठले ब्यक्त गर्नुभएको छ | अहिले चलचित्रका सबै टिम प्रचार प्रसारमा तिब्र रुपमा हिडिरहेको छ | चलचित्रमा महानाएक राजेश हमाललाई बिल्कुलै फरक भूमिकामा देख्न सकिनेछ |
हेर्नुस ट्रेलर :

Leave a Reply

%d bloggers like this: