Thu. Mar 28th, 2024

मनोरंजनसंसार डटकम
नेपाली गीत संगीत क्षत्रको विकास संगै अहिले यसको स्थर समेत निकै माथि सम्म बढेको अवस्था छ | थुप्रै पुराना तथा नया गाएकहरुले आफ्नो तर्फबाट यस क्षत्रको विकास र प्रबर्धनको लागि योगदान दिईरहेका छन् | यसै बीच गाएक नितिन गजुरेल पनि यस क्षत्रमा निकै अग्रसर भएर लागिरहेका छन् | धेरै पुरानो कलाकार भएपनि केहि आन्तरिक कारण बस उनि प्रतिभा हुदाहुदै पनि यस क्षत्र देखि टाढा रहनु पर्यो तर अहिले फेरी आफ्नो बर्षौको मेहेनत र साधना स्वरुप नया र फरक सोचको साथमा उनि आफ्नो “झुक्याएरै किन होला” बोलको गीतको साथमा दर्शक माझ पुन एकपटक प्रस्तुत भएका छन् | उनि यस नेपाली गीत संगीतको निकै निपुण व्यक्ति समेत मानिनछन् | उनि पहिलेकै कलाकार भएपनि आफ्नो सोचलाई अहिलेको स्थिथि संग मिलाएर लैजान निकै माहिर पनि छन् |
nitin-gajurel
nitin-gajurel
nitin-gajurel
उनको अहिले “झुक्याएरै किन होला” बोलको गीत युटुबमा सार्वजनिक भएको छ | उनको यस गीतमा शब्द नीर भिमको रहेको छ भने संगीत मनिष प्रसाईले भरेका छन् | यो गीत स्वयम उनको सुमधुर अवाजमा सजिएको छ | यस गीतको म्युजिक भिडियो समेत निकै राम्रो र आकर्षक बनेको छ जसलाई र्यान कार्कीले निर्देशन गरेका छन् | त्यसै गरि अहिले उनको यो गीत युटुबमा निकै लोकप्रिय बन्दै गईरहेको छ | गीत सार्वजनिक भएको १ महिना बित्न नपाउदै करिब १ लाख भन्दा बढी दर्शकहरुले यस गीतलाई हेरेर सुनिसकेका छन् भने अरु दर्शकहरुले पनि हेर्न क्रम निकै तिब्र छ | आफ्नो पृथक र फरक किसिमको प्रस्तुतिलाई दर्शकहरुले मनपराईदिनु भएकोमा उनि आफु सबै प्रति आभारी रहेको बताउछन् | त्यस्तै आफ्नो पहिलो प्राथमिकता नेपाली गीत संगीत रहेको र यसको विकास र प्रबर्धनको लागि आफु निरन्तर अग्रसर रहने प्रतिबद्धता उनले जाहेर गरेका छन् |
हेर्नुस गीत :

Leave a Reply

%d bloggers like this: