Thu. Apr 25th, 2024

मनोरंजनसंसार डटकम
नेपाली गीत संगीत क्षत्र पहिले भन्दा अहिले धेरै नै परिवर्तन भैसकेको अवस्था रहेको छ | यस्तै गीत संगीत पनि फरक किसिमले आउन थालेका छन् | यस क्षत्रमा आब्ध सबैले आफ्नो तर्फबाट यस क्षत्रको विकास र प्रबर्धनको निमित्त ठुलो भूमिका निभाई रहनुभएको छ | त्यसै गरि देश भित्रबाट मात्र नभएर देश बाहिर रहेर पनि आफ्नो पहिलो प्राथमिकता नेपाली गीत संगीतलाई राखेर अगाडी बढिरहेको कलाकारहरुको पनि थुप्रै उदहारण हामी देख्न सक्दछौ | यसै बिच ७ समुन्द्र पार रहेर समेत नेपाली गीत संगीतको विकासमा निरन्तर रुपमा अग्रसर भैरहेको एक कलाकार हुन् गीतकार गोपी दाहाल | उनको शब्द रचना निकै मार्मिक र सहज खालका रहेका छन् जसको भावलाई कुनै पनि सरल व्यक्तिले महसुस गर्न सक्दछन् | उनको रचनाको एक किसिमको छुट्टै किसिमको स्थान रहेको छ | निकै नै सरल र सहज स्वभाव र व्यक्तित्वोका उनि नेपाली गीत संगीत क्षत्रमा निकै निपुण मानिनछन् |
gopi-dahal
gopi-dahal
यसै बीच अहिले उनको “उज्ज्वल” एल्बममा समावेश “हाम फालेर आउ” बोलको गीत युटुब मार्फत सार्वजनिक भएको छ | फास्ट बिट ट्रयाकमा निर्माण गरिएको यस गीतमा शब्द स्वयम उनको रहेको छ भने संगीत राजन राज शिवाकोटीको रहेको छ | उक्त गीतमा गाएक नरेश गौतमले आफ्नो सुमधुर स्वर भरेका छन् | देश बाट टाढा रहेर पनि नेपाली गीत संगीतको बृधि विकासमा उनि निरन्तर रुपमा लागिरहेका छन् | उनि अहिले अमेरिकामा बसोबस गर्दछन् | नेपाली गीत संगीतको स्थान निकै माथि सम्मको रहेको छ र यसको विकासको लागि आफु निरन्तर प्रयासरत्न रहने विश्वास उनले ब्यक्त गरेका छन् | त्यसै गरि उनले सम्पूर्ण नेपाली दर्शकहरुलाई जहाँ रहे पनि नेपाली गीत संगीतलाई माया र सम्मान गरि आफु जस्तो कलाकारहरुलाई अगाडी बढ्न हौसला प्रदान गरिदिनुहुन् आग्रह समेत गरेका छन् |
gopi-dahal
हेर्नुस गीत :

Leave a Reply

%d bloggers like this: