Fri. Apr 19th, 2024

मनोरंजनसंसार डटकम
भाद्र ३१ गते प्रदर्शन मिति तोकिएको चलचित्र ‘गाँठो’ को नया ट्रेलर युटुब मार्फत सार्वजनिक गरिएको छ | चलचित्रका निर्माता सुरज भुसाल हुन् जसले मौन र होस्टेल रिट्रन्स जस्ता सुपरहिट चलचित्र दर्शक माझ प्रस्तुत गरेर आफुलाई सफल निर्देशकको स्थापित गरिसकेका छन् | चलचित्र निकै नै उत्कृष्ट र राम्रो बनेको कुरा निर्देशक सुरज भुसालले बताएका छन् | चलचित्रमा नजिर हुसेन , अभय बराल र नम्रता श्रेष्ठको मुख्य भूमिका रहेको छ | बट वाल इन्टरटेनमेन्ट ब्यानरको प्रस्तुति रहेको चलचित्रमा शब्द संगीत अनुपम शर्माको रहेको छ भने चलचित्रका लेखन निर्देशन सुरज भुसालले गरेका छन् | चलचित्रका निर्माता स्वयम निर्देशक सुरज भुसाल र तिलक बहादुर क्षत्री हुन् |
फिल्मको यसअघि सार्वजनिक गीत तथा ट्रेलर युट्युवमा लोकप्रिय बनिसकेका छन् भने चलचित्र टिमले देशका विभिन्न ठाउँ बाट प्रचार प्रसार सुरु समेत गरिसकेको छ | यसपटक पनि आफ्नो पछिल्लो चलचित्र जस्तै दर्शकको मन जित्ने चलचित्र गरेको र सबैले मनपराउनु हुनेछ भन्ने विश्वास निर्देशक सुरज भुसालले ब्यक्त गरेका छन् | चलचित्रको बजार वितरकको जिम्मा गोबिन्द शाहीले लिनुभएको छ |
हेर्नुस ट्रेलर :

Leave a Reply

%d bloggers like this: