Sat. Apr 20th, 2024

मनोरंजनसंसार डटकम
अभिनेता रमेश उप्रेतीको नायिका खोज्ने क्रम अब समाप्त भएको छ किन भने अन्तत उनले मोडेल दिपिका प्रसाईलाई आफ्नो आउदो चलचित्र “ऐश्वर्य” को लागि फाइनल गरिसकेका छन् | चलचित्र “ऐश्वर्य” का निर्माता स्वयम अभिनेता रमेश उप्रेती हुन् भने निर्देशन दिवाकर भट्टराईले गर्दैछन् | वैष्णोदेवी फिल्मको ब्यानरमा बनेको फिल्ममा अभिनेताद्धय अर्जुन श्रेष्ठ र निर्मल शर्मा पनि निर्माताको रुपमा रहनेछन् । फिल्ममा प्रशान्त ताम्रकार र केकी अधिकारी पहिलेदेखि नै फाइनल छिन् ।
चलचित्र भदौको अन्तिम साताबाट शुटिंग फ्लोरमा जाने निर्माण टिमले जानकारी दिएको छ | चलचित्रमा राजेश श्रेष्ठको छायांकन रहने छन् भने संगीत अर्जुन पोखरेलको रहेको छ | चलचित्रका लेखन तथा निर्देशन दिवाकर भट्टराईले गरेका छन् |

Leave a Reply

%d bloggers like this: