Fri. Mar 29th, 2024

मनोरंजनसंसार डटकम
रोज राणाको निर्माण र निर्देशनमा बनेको चलचित्र “जय परशुराम” ले सफल रुपमा दोस्रो हफ्तामा प्रवेश गरेको छ | नेपालका एक्शन हिरोको रुपमा चिनिने नाएक बिराज भट्टको कम्ब्याक भनिएको चलचित्रले पहिलो हफ्ता सन्तोषजनक व्यापार गर्न सफल भएको छ | त्यस्तै सिंगल थियटरमा दर्शकहरुले “जय परशुराम” लाई निकै अनि मन पराएको अवस्था छ | चलचित्रमा बिराज भट्ट ,निशा अधिकारी , रोबिन तामाङ्ग लगाएतका कलाकारहरुको मुख्य भूमिका रहेको छ |
अहिले काठमाडौँ उपत्यका बाहिर समेत चलचित्र “जय परशुराम” निकै नै राम्रो हिसाबमा चलिरहेको छ | यता चलचित्र प्रदर्शन भैरहदा उता निर्देशक तथा निर्माता रोज राणा भने अस्पतालमा छन् | उनि माथि केहि अज्ञात समूहले खुकुरी प्रहार गरेका थिए |
हेर्नुस ट्रेलर :

Leave a Reply

%d bloggers like this: