Sat. Apr 20th, 2024

मनोरंजनसंसार डटकम
bir-bikram
अन्तत सबैको मोस्ट वेटेड चलचित्र “वीर विक्रम” हिजो अर्थात् भाद्र २ गतेबाट प्रदर्शनमा आएको छ | चलचित्र भाद्र ३ गते अर्थात् आजबाट प्रदर्शनमा आउने भनिए पनि “चपली हाइट २” ले चलचित्र विकास बोर्डको नियम तोडेर बिहिबार बाट प्रदर्शन थालनी गरेपछि चलचित्र “वीर विक्रम” का निर्माता तथा निर्देशक मिलन चाम्सले बाध्य भएर आफ्नो चलचित्र “वीर विक्रम” हिजो बाट अर्थात् तोकिएको मिति भन्दा १ दिन अगाडी बाट प्रदर्शनमा लिएर आएका थिए | तर अचम्मको कुरा के रहयो भने चलचित्र “वीर विक्रम” तोकिएको मिति भन्दा १ दिन अगाडी अचानक प्रदर्शनमा आउदा समेत चलचित्र “वीर विक्रम” लाई खास्सै असर परेन | चलचित्र “वीर विक्रम” प्रदर्शनको पहिलो दिन मै सम्पूर्ण हलहरुमा हाबी हुन पुग्यो | अहिले सबै तिर “वीर विक्रम” मय बनेको छ | हिजोको दर्शकहरुको अत्याधिक चापका कारण सम्पूर्ण मल्टिप्लेक्स र सिंगल थिएटर हलहरुमा शो थप्ने क्रम तिब्र भएको थियो | यस्तै आज “वीर विक्रम” को लागि दर्शकहरुको चाप निकै बढेको छ | आजको अत्याधिक चापको कारण सबै मल्टिप्लेक्स र सिंगल थिएटर हलहरुले थप शो बढाउने क्रम निकै तिब्र पारेको छ |चलचित्र “वीर विक्रम” ले आज सबै हलहरुमा हाउसफुल शो गरेको छ | केहि दर्शकहरुले सिट नपाएर उभिएर भने केहि दर्शकहरु भुइमा बसेर समेत चलचित्र “वीर विक्रम” हेरेका छन् | यस्तै आजको दर्शकहरुको ओवरफलो संगै “वीर विक्रम” को निर्माता तथा निर्देशक मिलन चाम्स आफैले समेत आफ्नो चलचित्र हेर्ने टिकट नपाएको कुरा खुल्नमा आएको छ | हल ब्यवासाईको अनुसार दर्शकहरुको ओवरफलो अत्याधिक चापका कारण र सम्पूर्ण शो हाउसफुल भएको कारण चलचित्रका निर्माता तथा निर्देशक मिलन चाम्सलाई टिकट दिन नसकिएको कुरा उल्लेख गरेका छन् | चलचित्रको आजको हाउसफुल शो र ओवरफलो दर्शकहरुको हिसाबमा वीर विक्रम ले नेपाली चलचित्र क्षत्रमा नया इतिहास रच्ने कुरा पक्का भैसकेको कुरा थुप्रै हल ब्यवासाईहरुले बताउनुभएको छ |
bir-bikram
bir-bikram
OLYMPUS DIGITAL CAMERA
OLYMPUS DIGITAL CAMERA
यो हिसाबमा चलचित्र “वीर विक्रम” अर्को चलचित्र “चपली हाइट २” माथि हाबी भएको देखिन्छ | रक्षा बन्धनको अवसर पारेर प्रदर्शनमा आएका यी २ चलचित्र मध्य “वीर विक्रम” अर्को चलचित्र “चपली हाइट २” लाई काटेर धेरै अगाडी पुगिसकेको छ | यो भिडन्तको क्रम यहाँ निर आएर मात्र स्थिर हुदैन किन भने केहि बर्ष अगाडी “वीर विक्रम” का नाएक अनुप विक्रम शाहीले २०१३ मा “मेन हन्ट इन्टरनेसनल” को उपाधि समेत जितिसकेका छन् जसमा उनका प्रतिस्पर्धी थिए “चपली हाइट २” का नाएक आयुषमान देसराज जोशी | उनले त्यो बेला आफ्ना प्रतिस्पर्धी आयुषमान देसराज जोशीलाई हराएर २०१३ मा “मेन हन्ट इन्टरनेसनल” को उपाधि हात पार्न सफल भएका थिए | यस्तै अहिले चलचित्रको भिडन्तमा समेत अनुपको चलचित्र “वीर विक्रम” ले आयुषमानको चलचित्र “चपली हाइट २” लाई जित्न सफल भएको छ | यस हिसाबले पहिले जस्तै अहिले पनि अनुप विक्रम शाहीले बाजी मार्न सफल भएका छन् | आज काठमाडौँ उपत्यका मात्र नभएर देशभरका हलहरुमा सम्पूर्ण शो हाउसफुल भएर दर्शकहरु ओवरफलो समेत भएको छ | अहिले सबैतिर दर्शकहरुको अत्याधिक चापका कारण सबै हलहरुले शो थप्ने क्रम निकै तिब्र पारेको छ |
bir-bikram
bir-bikram
bir-bikram
चलचित्रमा दयाहाङ राई, अनुपविक्रम शाही, अर्पण थापा, दीया पुन , विवेक लिम्बु , शिशिर राना , बसन्त भट्ट र नाजिर हुसेनको मुख्य भूमिका छ । चलचित्र निकै नै राम्रो बनेको र सम्पूर्ण दर्शकहरुको मन जित्ने विश्वास निर्माता तथा निर्देशक मिलन चाम्सले ब्यक्त गर्नु भएको छ | उनले आफ्नो यस चलचित्रलाई पूर्ण रुपमा ओर्गानिक मनोरंजननाथ्मक मसालेदार बिसुद्ध नेपाली चलचित्रको संज्ञा दिएका छन् | चलचित्रमा शब्द संगीत अहिलेका चर्चित संगीतकार तारा प्रकाश लिम्बुको रहेको छ | त्यसै गरी चलचित्रका मुख्य सहायक निर्देशक रामशरण कोइराला र गिरिराज घिमिरे रहेका छन् | चलचित्रको बजार वितरकको जिम्मा अहिलेका चर्चित डिसट्रीब्यूटर गोबिन्द शाहीले लिनुभएको छ |
bir-bikram
हेर्नुस ट्रेलर :


हेर्नुस गीत :

Leave a Reply

%d bloggers like this: