Wed. Apr 24th, 2024

मनोरंजनसंसार डटकम
miss-limbu
हाम्रो नेपाली समाजमा धेरै कुराहरु रहेका छन् जसको विकास हुन सकिरहेको छैन भने त्यसको विकास हुन निकै जरुरी समेत रहेको छ | यहि सबै समस्य मध्य नजर गरेर वराह ज्वेलरी मिस लिम्बू इन्टरनेशनल प्रतियोगिता प्रत्येक बर्ष आयोजना हुने गरेको छ जसलाई वराह ज्वेलरीले प्रयोजन गर्दै आइरहेको छ | यस्तै यस बर्षको प्रतियोगिताको लागि समेत अडिसन भैसकेको छ | “वराह ज्वेलरी मिस लिम्बू इन्टरनेशनल–२०१६” का लागि राजधानीमा अन्तिम चरणको अडिसन भएको छ जसबाट १० जना युवती छनोटमा परेका छन् | बुधबार रातोपुलस्थित युनाइटेट फिटनेश सेन्टरमा लिइएको अडिसनका सहभागी दुई दर्जनमध्येबाट १० जना मात्र छनोटमा पर्न सफल भएका थिए | यसअघि पूर्वाञ्चल अडिशनबाट १७ जना युवती छनोट भैसकेका छन् | यससँगै ‘वराह ज्वेलरी मिस लिम्बू इन्टरनेशनल–२०१६’ को फाइनलमा २७ युवतीको कडा प्रतिस्पर्धा हुनेभएको छ । राजधानीमा आयोजित अडिसनमा कोरियोग्राफर जयन सुब्बा मानन्धर, सञ्चारकर्मी विश्व लिम्बू, फेसन डिजाइनर युबि थापा, समाजसेवी कृष्णा सुब्बा, गायक दीपक लिम्बू, मोडल अमिर गजमेर र मिस लिम्बूको अघिल्लो सिजनकी फस्ट रनरअप मेरिना चेम्जोङ निर्णायक मण्डलमा रहनु भएको थियो |
miss-limbu
miss-limbu
याक्थुङ युथ एसोसिएसनद्वारा आयोजित ‘वराह ज्वेलरी मिस लिम्बू इन्टरनेशनल’ को यो चौथो संस्करण हो । यस संस्करणका लागि राजधानीबाट सुक्मीत केरुङ, मोती कन्दवा, अस्मिता खापुङ, सोना लिम्बू, ज्योति थोप्रा, सानु नेम्बाङ, भावना सावा, रोश्ना नेम्बाङ, पवित्रा तुम्सा र आशिका खापुङ छनोट भएका छन् ।त्यस्तै, यसअघि धरानबाट सेयरा आन्खेवा, अञ्जिता नेम्बाङ, लक्ष्मी मेन्याङ्बो, निशा हुक्पा चोङ्बाङ, सजिता तुम्सा, सरुहाङ्मा सम्बाहाङ्फे, आशिका आङ्बुहाङ, नम्रता लाबुङ, जुनु पोमो, सलुना वनेम, भुमिका माङ्देन, शोभा फेम्बु, सुष्मा चेम्जोङ, सलिना हुक्पा चोङ्बाङ, श्रेया थेगिम, विना सामेखाम र निशी मेन्याङ्बो छनोटमा पर्न सफल भएका छन् | ‘बौद्धिक विकास र सौन्दर्य, पहिचान र संस्कृति’ भन्ने नारासहित आयोजित ‘मिस लिम्बु इन्टरनेशनल’ मा शीर्ष विजेता हुनेलाई ताजसहित नगद ५० र एक लाख बराबरको गिफ्ट ह्याम्पर प्रदान गरिने कुरा आयोजकले जानकारी दिएको छ । त्यस्तै, फस्ट रनरअप ताजसहित नगद २५ हजार र ५० हजार बराबरको गिफ्ट ह्याम्पर तथा सेकेण्ड रनरअपले पनि १५ हजार नगदसहित विभिन्न ३० हजार बराबरको गिफ्ट ह्याम्पर पाउने कुरा उल्लेख गरिएको छ |miss-limbu
miss-limbu
miss-limbu
राजधानीमा अडिसनपछि आयोजित पत्रकार सम्मेलनमा प्रतियोगिताको अन्तिम प्रतिस्पर्धा आउँदो १२ असोजमा जमलस्थित राष्ट्रिय नाचघरमा हुने कुरा आयोजकले जानकारी दिएको छ | त्यसै गरि प्रतियोगीहरुलाई तयारीका लागि भदौ ८ गतेबाट गु्रमिङ सुरु हुने कार्यक्रमका संयोजक युगल पोमुले बताउनु भएको छ | उनका अनुसार प्रतियोगीहरुलाई कारियोग्राफर जयन सुब्बालगायतका विशिष्ट व्यक्तित्वबाट गु्रमिङ गराइनेछ । लिम्बू भाषा, कला तथा संस्कृतिको प्रवद्र्धन एवं लिम्बू समुदायका युवतीमा लुकेको प्रतिभालाई जनमानससमक्ष प्रस्फुटन गर्ने उद्देश्यले आयोजित प्रतियोगिता भएकाले प्रतियोगीलाई सम्बन्धीत क्षेत्रका विज्ञबाट पनि प्रशिक्षण दिइनेछ । त्यसै गरि यस किसिमको कार्यक्रमले नेपाली संस्कृति लाई बचाई राख्न ठुलो मदत पुग्ने कुरा पनि आयोजक टिमले बताएको छ | नेपालको हरेक ठाउँबाट प्रतिभाको जन्म हुन जरुरी रहेको र यस किसिमको प्रतिस्प्रधाले ठुलो टेवा पुग्ने विश्वास समेत आयोजक टिमले राखेको छ | यहि आउदो असोज १२ गते हुने अन्तिम प्रतिस्पर्धालाई निकै भब्य र सभ्य बनाउने प्रतिबद्धता आयोजक टिमले जाहेर गरेको छ | यसै गरि प्रतियोगिता एकदमै निस्पक्ष र सबैको हितमा हुने कुरा समेत आयोजक टिमले बताएको छ |
miss-limbu
miss-limbu

Leave a Reply

%d bloggers like this: