Sat. Apr 20th, 2024

मनोरंजनसंसार डटकम
suntalilai-bhagai-lagyo-jhilkele-1-e1463303716117
श्रावण २१ गतेबाट देशभरका हलहरुबाट एकैसाथ प्रदर्शनमा आएको चलचित्र “सुन्तलीलाई भगाई लग्यो झिल्केले ” राम्रो सफलता हात पार्न सफल रहेको छ | प्रदर्शनको पहिलो हफ्ता निकै नै राम्रो दर्शक चलचित्र “सुन्तलीलाई भगाई लग्यो झिल्केले ” हल सम्म लिएर आउन सफल रहयो | धेरै दर्शकहरुले चलचित्रको र निर्देशक ऋषि राज आचार्यको खुलेर प्रशंसा समेत गरेका छन् | चलचित्रमा नेपाली सामाजिक कथा बस्तुलाई समेटेर निकै नै राम्रो हिसाबमा प्रस्तुत गर्न खोजिएको छ | चलचित्रको दोस्रो हफ्ता समेत सन्तोषजनक नै रहयो | चलचित्र आफुले सोचे भन्दा निकै नै राम्रो बनेको र यहि कारण दर्शकहरुको मन जित्न सफल रहेको कुरा निर्देशक ऋषि राज आचार्यले बताउनु भएको छ |
suntalilai-bhagai-lagyo-jhilkele
suntalilai-bhagai-lagyo-jhilkele
ऋषिराज आचार्यको कथा तथा निर्माण रहेको फिल्ममा सुशिल सिटौला, सुशान्त कार्की, शिशिर भण्डारी, सुरजनी केसी, रिजा भुषाल लगायत अभिनयमा छन् । फिल्ममा संगीत अर्जुन पोखरेलको रहेको छ भने नृत्य निर्देशन गम्भीर विस्टको रहेको छ | यसै गरि यस चलचित्रको सफलता संगै आफुलाई धेरै नै हौसला मिलेको र अब चाडै अर्को चलचित्र यो भन्दा पनि पृथक र राम्रो बनाएर दर्शक माझ प्रस्तुत गर्ने विश्वास उनले ब्यक्त गरेका छन् |
हेर्नुस ट्रेलर :

Leave a Reply

%d bloggers like this: