Fri. Apr 26th, 2024

मनोरंजनसंसार डटकम
मंसिर १० गते प्रदर्शन मिति तोकेको चलचित्र “पुरानो डुंगा” को “निर जैले रिसाउने” बोलको गीत अहिले सबैतिर निकै नै भाईरल भैरहेको छ | गीतलाई युटुबमा रिलिज भएको २० दिनमा झन्डै १५ लाख दर्शकहरुले हेरेर सुनिसकेका छन् भने यस गीतको कबर सोङ्ग नृत्य पनि युटुबमा निकै बढ्दो अवस्थामा आइरहेको छ | अब यस गीतले विभिन्न रेकर्डहरु तोड्दै नेपाली चलचित्र क्षत्रको इतिहासमा नया कृतिमान बनाउने तयारीमा रहेको छ | अहिले नेपालमा मात्र नभएर नेपाल बाहिर पनि विभिन्न देशहरुमा “पुरानो डुंगा” को चर्चा परिचर्चा भैरहेको छ | चलचित्रको पहिलो गीतलाई अहिले निकै नै धेरै दर्शकहरुले मनपराई रहनुभएको छ | अहिले जुन किसिमको “पुरानो डुंगा” को चर्चा परिचर्चा भैरहेको छ त्यस हिसाबले चलचित्रले नेपाली चलचित्र क्षत्रमा नया इतिहास रच्ने अनुमान चलचित्र क्षत्रका विभिन्न विज्ञहरुले लगाउन थालिसकेका छन् | त्यसै गरि यस चलचित्रले नेपाली चलचित्र क्षत्रको मात्र नभई सारा नेपालीको सम्मान बढाउने कुराको पनि अनुमान लगाउन थालिसकिएको छ | अहिले यो चलचित्र देश भित्र मात्र नभई देश बाहिरका दर्शकहरुको लागि पनि मोस्ट वेटेड चलचित्रको रुपमा मानिएको छ |
purano-dhunga
purano-dhunga
सिनेमा आर्ट्सको ब्यानरमा माओत्से गुरुङ फिल्म्सको प्रस्तुति रहेको चलचित्र “पुरानो डुङ्गा” लाई रामबाबु गुरुङले निर्देशन गरेका छन् | उपेन्द्र सुब्बाको स्क्रिप्ट , शैलेन्द्र डी कार्कीको छायांकन, निमेश श्रेष्ठको सम्पादन, कालीप्रसाद बास्कोटाको संगीत रहेको यो चलचित्रका कार्यकारी निर्माता माओत्से गुरुङ, मणीराम पोखरेल र बाल्मिकी पोखरेल हुन् । रौनक विक्रम कँडेल, ओम चन्द रौनियार, धनवहादुर गुरुङ र प्रकाश गुरुङ निर्माता रहेको चलचित्रमा अर्जुन कार्की सह-निर्माता छन् । चलचित्रमा दयाहाङ राई, प्रियंका कार्की, माओत्से गुरुङ र मेनुका प्रधान मुख्य भूमिकामा छन् ।
purano-dhunga
purano-dhunga
यो भन्दा अगाडी “कबड्डी” र “कबड्डी कबड्डी” जस्ता सुपरहिट चलचित्र निर्देशन गरेर दर्शकहरु माझ आफ्नो नाम उच्च स्थानमा राख्न सफल रहेका निर्देशक रामबाबु गुरुङ यो तेस्रो चलचित्र हो | उनि आफु यस चलचित्र बाट निकै आशावादी रहेको कुरा पनि बताएका छन् | चलचित्र निकै राम्रो बनेको र सम्पूर्ण दर्शकहरुको मन जित्ने विश्वास पनि उनले ब्यक्त गरेका छन् | चलचित्रको बजार वितरक जिम्मा गोबिन्द शाहीले लिनु भएको छ | चलचित्र “पुरानो डुंगा” ले ब्यापारिक हिसाबमा समेत नया रेकर्ड कायम गर्ने विश्वास उहाले ब्यक्त गर्नुभएको छ |
हेर्नुस टिजर :

हेर्नुस गीत :

Leave a Reply

%d bloggers like this: