Fri. Apr 19th, 2024

मनोरंजनसंसार डटकम
पोखरामा शनिबार सम्पन्न डि सिने अवार्डमा पछिल्लो बर्ष रिलिज फिल्म “क्लासिक” ले उत्कृष्टको अवार्ड जितेको छ भने सोहि फिल्मबाट अभिनेता आर्यन सिग्देल र अभिनेत्री नम्रता श्रेष्ठले उत्कृष्ट अभिनेत्रीको अवार्ड जितेका छन् ।
तर उत्कृष्ट निर्देशक तर्फबाट पशुपतिप्रसादबाट दिपेन्द्र के खनालले अवार्ड जिते । निर्देशकले नै बनाएको फिल्मले नपाउनु तर निर्देशक भने उत्कृष्ट ठहरिनुले विवाद निम्त्याउने निश्चित छ ।
dipendra k khanal(2)
samrajgi shah d cinee
यस्तै नव अभिनेतातर्फ नाई “नभन्नु ल ४” बाट पल शाहले अवार्ड जिते भने अभिनेत्रीतर्फ “ड्रिम्स” बाट साम्राज्ञलक्ष्मी शाहले अवार्ड जितिन् । उत्कृष्ट संवादमा दिपकराज गिरीले “वडा नम्बर छ” बाट अवार्ड हात पारे । पटकथा तर्फ भने पशुपतिप्रसादबाट खगेन्द्र लामिछानेलाई अवार्ड दिईयो ।
अवार्डको लागी दर्जनौं सेलिब्रेटीहरु राजधानीबाट पोखरा पुगेका थिए । आयोजक टिमले अवार्ड भब्य भएको दाबी गरेको छ ।
विजेताहरुको नामावलीः
उत्कृष्ट ड्रेसः विना घले(ड्रिम्स)
उत्कृष्ट एनिमेशन ग्राफिक्सः रमेशकुमार श्रेष्ठ(फूलै फूलको मौसम तिमीलाई)
उत्कृष्ट पाश्र्व संगीतः एलिस कार्की(वडा नम्बर ६)
उत्कृष्ट आइटम नृत्यः प्रियंका कार्की(लुटेरा)
उत्कृष्ट द्धन्द्धः हिमाल केसी(भैरव)
उत्कृष्ट नृत्यः रेनशा राई(प्रेमगीत)
उत्कृष्ट गीतकारः डाक्टर कृष्णहरि बराल(प्रेमगीत)
उत्कृष्ट गायिकाः अन्जु पन्त(प्रेमगीत)
उत्कृष्ट गायकः यूवराज चौलागाई(क्लासिक)
उत्कृष्ट संगीतकारः अर्जुन पोख्रेल(प्रेमगीत)
उत्कृष्ट संवादः दीपकराज गिरी(वडा नम्बर ६)
उत्कृष्ट पटकथाः खगेन्द्र लामिछाने(पशुपति प्रसाद)
उत्कृष्ट कथाः सन्तोष कुमार आत्रेय(धौली)
उत्कृष्ट नव–नायिकाः साम्राज्ञीराज्य लक्ष्मी शाह
उत्कृष्ट नव–नायकः पल शाह
उत्कृष्ट नव निर्देशकः भूवन केसी
उत्कृष्ट खलपात्रः विपिन कार्की(पशुपति प्रसाद)
उत्कृष्ट हाँस्य कलाकारः केदार घिमिरे(वडा नम्बर ६)
उत्कृष्ट चरित्र अभिनेताः माओत्से गुरुङ(कबड्डी कबड्डी)
उत्कृष्ट चरित्र अभिनेत्रीः दीपाश्री निरौला(वडा नम्बर ६)
उत्कृष्ट सम्पादनः सुरेन्द्र पौडेल(क्लासिक)
उत्कृष्ट छायांकनः पुरुषोत्तम प्रधान र संजय लामा(ड्रिम्स)
उत्कृष्ट सह–अभिनेत्रीः अशिष्मा नकर्मी(अधकट्टी)
उत्कृष्ट सह–अभिनेताः जितु नेपाल(वडा नम्बर ६)
उत्कृष्ट अभिनेत्रीः नम्रता श्रेष्ठ(क्लासिक)
उत्कृष्ट नायकः आर्यन सिग्देल(क्लासिक)
उत्कृष्ट निर्देशकः दीपेन्द्र के खनाल(पशुपति प्रसाद)
उत्कृष्ट चलचित्रः क्लासिक
जुरी अवार्डः कबड्डी कबड्डी
प्रोत्साहन अवार्डः रामेश्वर चौरासिया
वेष्ट स्टारडम अवार्डः निखिल उप्रेती
डायस्पोरा फिल्म अवार्डः रविन आचार्य
चलचित्र सम्मानः रमेश चन्द्र राई र निर्मल शर्मा
मौलिक चलचित्र अवार्डः धौली
मस्ट पपुलर सङः सुर्के थैली खै

Leave a Reply

%d bloggers like this: