Sat. Apr 20th, 2024

मनोरंजनसंसार डटकम
दिपाश्री निरौला डेब्यू निर्देशित फिल्म ‘छक्का पञ्जा’को पहिलो पोस्टर बाहिरिएको छ । सामाजिक सञ्जाल मार्फत निर्माण टिमले पोस्टर सेयर गरेको हो ।
सार्वजनिक पोस्टरमा पपकर्नभित्र लिड कलाकार दिपकराज गिरी, केदार घिमिरे, बुद्धी तामाङ, शिवहरी पौड्याल र जितु नेपालको टाउको राखिएको छ भने त्यससँगै अभिनेत्री प्रियंका कार्कीको ‘हेल्लो’ अबतार प्रस्तुत छन् ।
कमेडी जनराको फिल्म भदौ २४ मा रिलिज हुँदैछ । निर्माण टिमले मंगलबार फिल्मको अफिसियल ट्रेलर पनि सार्वजनिक गर्ने तयारी गरेको छ ।

Leave a Reply

%d bloggers like this: