Thu. Apr 25th, 2024

मनोरंजनसंसार डटकम
rajesh-gyawali
नेपाली बिद्यार्थी संग को ११ औ महाधिवेशन अहिले काठमाडौँमा भैरहेको छ | यसै बीच महाधिवेशनमा राजेश ज्ञवालीले महामन्त्री पदमा उम्मेदवारी दिने कुरा पक्का पक्कि भैसकेको बुढानिलकण्ठबाट विशेष सुत्रबाट जानकारी हुन आएको छ | ज्ञवालीले कांग्रेस सभापति शेर बहादुर देउवा समूहबाट महामन्त्रीमा उम्मेदवारी दिन थालेको कुरा विशेष सुत्रबाट जानकारी आए लगतै अहिले उनको त्यो कुरा लगभग सत्य साबित भैसकेको अवस्था छ | उनले ९ बर्ष नेविसंघको कपिलवस्तु अध्यक्ष भएर सेवा समेत गरिसकेका छन् | त्यसै गरि उनले ५ बर्ष केन्द्रीय सदस्य र ४ बर्ष केन्द्रीय सहमहामन्त्री रहेर काम समेत गरिसकेका छन् | उनि नेविसंघमा निकै नै निपुण व्यक्ति मानिनछन् | उनले नेपाल बाहेक श्रीलंका ,थाइलेडं ,दक्षिण कोरिया ,जापान ,चिन , बंगलादेश र भारत गरि ७ वटा देशको भ्रमण समेत गरिसकेका छन् |
rajesh-gyawali
rajesh-gyawali
उनि नेविसंघमा निकै नै पुराना , अनुभवी र अब्बल व्यक्ति मानिनछन् | उनको सम्पूर्ण बिद्यार्थी माझ लोकप्रियता समेत निकै नै धेरै रहेको छ | उनले गरेको काम सबै बिद्यार्थीको हक र हितको लागि रहेको छ जसका कारण आज उनि आफ्नो कामले सबैको मन र मुटुमा बस्न सफल रहेका छन् | उनि निकै नै स्वच्छ छबि भएका इमान्दार व्यक्ति हुन् | उनको काम गर्ने शैली र विचार विमर्श गर्ने तरिकाबाट सबैजना प्रभावित रहेका छन् | उनले विभिन्न जिल्ला घुमेर सम्पूर्ण ठाउको बिद्यार्थीको समस्या र कठिनाईलाई समाधान गर्ने काम समेत गरेका छन् | उनि एक सफल समाजसेवी पनि हुन् | उनले पर्यटन क्षत्रको दीगो विकासमा समेत निकै नै ठुलो योगदान दिसकेका छन् | उनले आफु सधै निस्वार्थ रुपमा अगाडी बढी सधै बिद्यार्थीहरुको हक र अधिकारको लागि अवाज उठाउनुको साथसाथै त्यसलाई कार्यनयन समेत गराउने प्रतिबद्धता जाहेर गर्नुभएको छ |

Leave a Reply

%d bloggers like this: