Thu. Apr 18th, 2024

मनोरंजनसंसार डटकम
jit-jung-basnet
नेपाली बिद्यार्थी संग को ११ औ महाधिवेसनमा पार्टी सभापति शेर बहादुर देउवाले अध्यक्षको पदको लागि जीत जंग बस्नेतलाई आधिकारीक उम्मेदवार बनाउने बुढानिलकण्ठबाट विशेष सुत्रले जानकारी दिएको छ | त्यसका साथसाथै हिजो केहि संचार माध्यमबाट नयन सिंहले उम्मेदवारीको टिकट पाउनु हुने भनिएको कुरा समेत गलत र झुटो रहेको ठहर भएको छ | जीत जंग बस्नेत २५ औ बर्ष देखि नेपाल बिद्यार्थी संग को विभिन्न तहमा काम गर्दै आउनु भएको छ | उहा बिद्यार्थीको बिचमा निकै लोकप्रियको साथसाथै इमान्दार समेत हुनुहुन्छ | उहा काठमाडौँ उपत्यका मात्र नभएर ७५ वटै जिल्ला भ्रमण गरिसक्नु भएको छ र सम्पूर्ण बिद्यार्थीहरु माझ निकै लोकप्रिय समेत हुनुहुन्छ |
jit-jung-basnet
jit-jung-basnet
नेपाल बिद्यार्थी संग मा उहाको योगदान निकै उल्लेखनिय रहेको छ | उहा आफ्नो सारा जीवन नेपाल बिद्यार्थी संग मा रहेर बिद्यार्थीको हक हितको लागि सधैब अगाडी सर्नु भएको छ | निकै नै स्वच्छ छबि भएको उहाको ब्यक्तित्वो पनि निकै नै अब्बल रहेको छ | हरेक कुरालाई निकै नै सहज रुपमा निष्कर्षमा लिएर आउन सक्ने खुबी भएको व्यक्ति उहा हुनुहुन्छ | अहिले उहाँ सबै बिद्यार्थीको मन मुटुमा हुनुहुन्छ | उहाले बिद्यार्थीहरुको हक हितको लागि गर्नुभएका कामहरुको सबैतिर चर्चा र परिचर्चा रहेको छ | यस हिसाबले उहाले अध्यक्षको गरिमा पदमा आफुलाई स्थापित गर्न सक्नु हुने कुरा यति बेला हामी सबैले सजिलै अनुमान लगाउन सक्दछौ |

Leave a Reply

%d bloggers like this: