Fri. Apr 19th, 2024

मनोरंजनसंसार डटकम
ग्रीनहिल भिएफएक्स मिडिया र दिनेश श्रेष्ठको प्रस्तुति चलचित्र “शकुन्तला” को नया गीत सार्वजनिक भएको छ | नेपालीहरुको महान चाड हरितालिका तीजको शैलीमा तयार पारिएको गीतको बोल “कस्ती भए म” रहेको छ | यस गीतमा शब्द संगीत एक नारायण भण्डारीको रहेको छ भने जीवन परियार र केशु गुरुङले यसमा आफ्नो सुमधुर स्वर भरेका छन् |
चलचित्र “शकुन्तला” भाद्र १७ गते बाट देशभरका हलहरुबाट एकै साथ प्रदर्शन हुदै छ | चलचित्रमा राजेश हमाल , किश्वोर खतिवडा , रबिन्द्र बस्नेत ,स्मृति श्रेष्ठ ,अनु शाह ,रबि गिरी ,प्रदिप ढकाल ,राजकुमार थापा ,शिवन श्रेष्ठ ,सशांक बश्याल लगायतका कलाकारहरुको भूमिका रहेको छ | चलचित्र निर्माता महेश्वोर खत्री र श्रीप्सा खत्री हुन् |
हेर्नुस गीत :

Leave a Reply

%d bloggers like this: