Fri. Mar 29th, 2024

मनोरंजनसंसार डटकम
वलिउडमा सय करोडको विजनेस गर्ने फिल्म कमै हुन्छन् । सुपरस्टारको दर्जा पाएका तीन खान सहितका केहि कलाकारका फिल्म मात्रै सय करोडको विजनेस आँकडा पार गर्न सफल हुन्छन् ।
यो बीचमा १ सय करोड पारिश्रमिक लिने सलमान खान पहिलो स्टार बनेका छन् । पछिल्लो रिलिज ‘सुल्तान’ बाट उनले १ सय ६ करोड पारिश्रमिक लिएको बलिउड भाष्करले लेखेको छ ।
फिल्मको नाफाको विजनेसमा ५० प्रतिशत हिस्सा सलमानले लिएको बताईन्छ । भारतमा मात्रै अहिलेसम् २ सय ९९ करोडको कारोबार गरिसकेको फिल्म ३ सय करोडको कारोबार नजिक छ ।
३ सय करोड कारोबार गर्दैगर्दा बलिउडमा दुई फिल्म ३ सय करोड क्लबमा पुर्याउने वलिउडका एक मात्र हिरो सलमान बन्नेछन् ।

Leave a Reply

%d bloggers like this: