Fri. Apr 26th, 2024

मनोरंजनसंसार डटकम
चलचित्र “वृन्दावन” युनिटले आफ्नो प्रचारप्रसारलाई तिब्रता दिने क्रममा आईतबार कोहलपुर नगरपालिका बजारको सफाई गरेका हुन् । २४ जना युवाहरुले “वृन्दावन” लेखिएको टिसर्ट लगाएर नगर सरसफाईमा उत्रेपछि नगरवासी पनि स्वतस्पूर्त रुपले सफाई अभियानमा सहभागी भएका थिए ।
भित्रि शैलिमा प्रचार शुरु गरेका “वृन्दावन” युनिटले देश ब्यापी रुपमा सफाई अभियान थाल्ने बताएको छ । केही दिन अघि जोरपाटी स्थीत खगेन्द्र नवजीवन केन्द्रमा आश्रीत ४६ जना बालबालिका बीच “ताला चाबी” बोलको गीत र अफिसियल प्रोमो सार्वजनिक गरेर चलचित्र “वृन्दावन” को प्रचारमा निस्कीएको युनिटले गत शनिवार राजधानीमा एक कार्यक्रमको आयोजना गरी चलचित्रको दोस्रो गीत सार्वजनिक गरेको थियो ।
रुद्राक्ष फिल्मस् प्रालिको ब्यानरमा निर्माण भएको चलचित्र “वृन्दावन” आगामी भदौ १७ गतेबाट देशभर प्रदर्शनमा आउने भएको कारण चलचित्र युनिट उग्र रुपले प्रचारप्रसारमा उत्रीएको हो ।
रुद्र खनाल र कमल जि. सी. निर्माता रहेको चलचित्र “वृन्दावन” का लेखन तथा निर्देशन राजबहादुर सानेले गरेका हुन् । चलचित्रमा किशोर खतिवडा, शिल्पा पोखरेल आदिको मुख्य भूमिका रहेको छ ।

Leave a Reply

%d bloggers like this: