Fri. Mar 29th, 2024

मनोरंजनसंसार डटकम
rishiraj-acharya
श्रावण २१ गते बाट देशभरका हलहरुबाट एकैपटक प्रदर्शन सुरु गरेको चलचित्र “सुन्तलीलाई भगाई लग्यो झिल्केले” ले निकै नै राम्रो सुरुवात गरेको छ | शुक्रबार र शनिवार चलचित्रले राम्रो दर्शक हल सम्म लिएर आउन सफल रहयो | चलचित्रले धेरै दर्शकहरुको मन जित्न सफल रहेको छ | चलचित्र हेरिसकेका दर्शकहरुले चलचित्रको निकै प्रशंसा समेत गरेका छन् | चलचित्र नेपाली परिवेशमा निर्माण भएको र निकै नै मनोरंजननाथ्मक रहेको कुरा पनि दर्शकहरुबाट आएको छ | अहिले चलचित्र सबैतिर निकै सफल रुपमा चलिरहेको छ |
rishiraj-acharya
ऋषिराज आचार्यको कथा तथा निर्माण रहेको फिल्ममा सुशिल सिटौला, सुशान्त कार्की, शिशिर भण्डारी, सुरजनी केसी, रिजा भुषाल लगायत अभिनयमा छन् । फिल्ममा संगीत अर्जुन पोखरेलको रहेको छ भने नृत्य निर्देशन गम्भीर विस्टको रहेको छ | चलचित्र नेपाली सामाजिक परिवेशमा तयार पारिएको र सम्पूर्ण दर्शकहरुको मन जित्ने विश्वास निर्देशक ऋषिराज आचार्यले ब्यक्त गर्नुभएको छ |
हेर्नुस ट्रेलर :

Leave a Reply

%d bloggers like this: