Fri. Apr 19th, 2024

मनोरंजनसंसार डटकम
gopi-dahal
नेपाली गीत संगीत क्षत्रले अहिले नया मोड लिरहेको अवस्था छ | पहिले र अहिले धेरै कुरा परिवर्तन भैसकेको छ | सम्पूर्ण कलाकारहरु देखि लिएर दर्शकहरु समेत जागरुक भैसकेको अवस्था रहेको छ | यसै बीच आफ्नो नया र फरक किसिमको रचनालाई प्रस्तुत गर्दै अगाडी बढ्दै हुनुहुन्छ रचनाकार गोपी दाहाल | उनि नेपाल बाहिर रहेर पनि देशको गीत संगीत माहोलमा रमाउदै छन् र यसको विकास र प्रबर्दनको लागि आफ्नो पाइलाहरु अगाडी बढाउदै छन् | यसै बिच उनको पहिलो एल्बम “उज्ज्वल” को “कालो कालो केश” बोलको गीत बजारमा आएको छ | नेपाली सामाजिक सेरोफेरोलाई मध्यनज़र गर्दै तयार पारिएको गीतले सबैको मन छुन सफल रहेको छ | नेपाली पनलाई कहिले पनि बिर्सिनु हुदैन र यसको जगेर्ना गर्ने कर्तब्य हामी सबैको हो भन्ने विश्वास बोकेर हिडेका व्यक्ति हुन् रचनाकार गोपी दाहाल | उनि नेपाली गीत संगीतको सर्जक पनि हुन् | आफ्नो जीवन निस्वार्थ रुपमा नेपाली गीत संगीतमा समर्पित गरेका उनले अहिले देशबाहिर रहेर पनि नेपाली गीत संगीतको विकासको लागि प्रयास गरिरहेका छन् | नेपाली गीत संगीतको स्थर अब बिस्तारै बढ्दै गरेको र यसको बृधि विकासको लागि हामी सबैले आफ्नो तर्फबाट पहल गर्नुपर्ने जरुरी रहेको कुरा पनि उनले उल्लेख गरेका छन् |
gopi-dahal
उनको सार्वजनिक “कालो कालो केश” बोलको गीत उनको पहिलो एल्बम “उज्ज्वल” बाट साभार गरिएको हो | उनको यस गीतमा शब्द उनि स्वयमको रहेको छ भने संगीत चर्चित संगीतकार राजन राज शिवाकोटीले दिनुभएको छ | गीतमा चर्चित गाईका जुनु रिजाल काफ्लेले आफ्नो सुमधुर स्वर भर्नु भएको छ | गीतको भिडियो पनि निकै राम्रो बनेको छ | भिडियोमा चर्चित नाईका करिश्मा मानन्धरले अभिनय गरेका छन् भने निर्देशन दिपेन्द्र केसीको रहेको छ |
gopi-dahal
gopi-dahal
हेर्नुस गीत :

Leave a Reply

%d bloggers like this: