Thu. Apr 25th, 2024

मनोरंजनसंसार डटकम
king
जे.एस इन्टरटेनमेन्ट र जगन श्रेष्ठको प्रस्तुति रहेको चलचित्र “किङ्ग” को पहिलो फर्स्टलुक तस्विरहरु सार्वजनिक भएको छ | दुई महिना पहिले जस्तो छायाँकन सकाईएको चलचित्रका सबैजसो दृश्य गोप्य राख्दै निर्माण टिमले केहि पनि बाहिर ल्याएको थिएन् । नेपालीहरुको महान चाड विजया दशमीको अवसर पारेर असोज २१ गते प्रदर्शन मिति तोकिएको चलचित्रमा एक्शन किङ्ग निखिल उप्रेती , बेनिशा हमाल , अनुप विक्रम शाही , रुपा राना लगाएतका कलाकारहरुको मुख्य भूमिका रहेको छ | चलचित्रका निर्माता जयन श्रेष्ठ हुन् भने निर्देशन सविर श्रेष्ठले गरेका छन् | काठमाडौं, लुम्बिनी तथा नगरकोट लगायतका दृश्य समावेश फिल्ममा रोशन श्रेष्ठको द्वन्द्व छ भने दिनेश सुनाम र वसन्त सापकोटाको संगीत रहेको छ । चलचित्रमा नृत्य निर्देशन रामजी लामिछानेको रहेको छ भने फिल्मलाई सञ्जय लामाले छायांकन गरेका हुन् ।
king
king
king
king
चलचित्र शुटिंग फ्लोरमा जादा देखि नै चर्चामा रहेको छ | चलचित्र निकै नै राम्रो बनेको र आफुले मेकिङमा कुनै कन्जुस्याईं नगरेको कुरा निर्माता जयन श्रेष्ठले प्रस्ट पार्नुभएको छ | नेपाली बाहिर फिल्म मेकिङ पढेर आउनु भएका निर्माता जयन श्रेष्ठले आफ्नो तर्फबाट चलचित्रमा कुनै कमि कमजोरी नराखेको कुरा उल्लेख गर्नुभएको छ | “कसले चोर्यो मेरो मन”, “काली”, “हमेशा”, “तथास्तु” र “रामप्यारी” जस्ता सुपरहिट चलचित्र दर्शक माझ पस्केर सफल भैसकेका निर्देशक सविर श्रेष्ठको यस चलचित्रको पनि दर्शकहरुलाई प्रतिक्षा रहेको छ | चलचित्र लव स्टोरी प्याकेजमा तयार रहेको कुरा निर्देशक सविर श्रेष्ठले बताउनु भएको छ | दर्शकको टेस्टलाई मध्ह नज़र गरि निकै नै उत्कृष्ट चलचित्र तयार पार्ने प्रयास आफुले गरेको कुरा पनि उहाले स्पस्ट पार्नुभएको छ | चलचित्रले दर्शकहरुको मन जित्ने र भरपुर मनोरंजन प्रदान गर्ने विश्वास पनि उहाले ब्यक्त गर्नुभएको छ | सार्वजनिक गरिएका चलचित्रका दृश्यहरु पनि निकै नै आकर्षित पार्ने रहेको देखिन्छ | अहिले चलचित्र टिमले आफ्नो सम्पूर्ण काम सकेर प्रचारप्रसार तिब्र पारिरहेको छ |चलचित्रको बजार वितरकको जिम्मा गोबिन्द शाहीले लिनुभएको छ |
king
king
king

Leave a Reply

%d bloggers like this: