Tue. Apr 23rd, 2024

मनोरंजनसंसार डटकम
bir-bikram
नेपाली चलचित्र क्षत्र पहिला भन्दा अहिले निकै फरक भैरहेको अवस्था छ | अहिले नेपाली चलचित्र क्षत्रको सम्पूर्ण कुराहरुमा परिवर्तन आइरहेको अवस्था पनि छ | यसै बीच अहिले एउटा कुरा खुल्नमा आएको छ जुन कुरा नेपाली चलचित्र क्षत्र र सम्पूर्ण नेपाली दर्शकहरुको लागि गर्वको कुरा पनि हुन सक्दछ | नेपालको मल्टिप्लेक्स हलहरुमा नेपाली चलचित्र भन्दा हिन्दी चलचित्रलाई बढी महत्वो दिएको आरोप निकै चल्दै आइरहेको छ | तर यस किसिमको आरोपलाई चलचित्र “वीर विक्रम” ले समाप्त पर्ने सुरुवात गरेको छ | भाद्र ३ गतेबाट देशभरका हलहरुबाट एकैपटक प्रदर्शनमा आउन लागेको चलचित्र “वीर विक्रम” को चर्चा परिचर्चाले सिंगल थियटर मात्र नभएर मात्र अहिले मल्टिप्लेक्स हलहरुलाई पनि हल्लाई रहेको अवस्था शृजना भएको छ | यसै बीच काठमाडौँ उपत्यका भित्रको निकै हाई स्थरको मल्टिप्लेक्स हल बिग सिनेमाका मेनेजर संजय मुखर्जीले नेपाली चलचित्र भन्दा हिन्दी चलचित्रलाई बढी महत्वो दिएको आरोपलाई मेटाउने बेला आएको र यसको सुरुवात चलचित्र “वीर विक्रम” बाट हुने कुरा स्पस्ट पार्नुभएको छ | नेपाली चलचित्रको स्थरलाई चलचित्र “वीर विक्रम “ले निकै माथि पुराएको भन्दै उनले निर्देशक तथा निर्माता मिलन चाम्सको खुलेर प्रशंसा समेत गरेका छन् | उनले आफ्नो नेपाली चलचित्र प्रति निकै सम्मान रहेको र अब उप्रान्त नेपाली चलचित्रलाई निकै सहुलियत प्रदान गर्ने र “वीर विक्रम” लगाएत नेपाली सिनेमालाई प्राथमिकता दिने प्रतिबद्धता समेत उनले जाहेर गरेका छन् |
bir-bikram
अहिले चारैतिर चलचित्र “वीर विक्रम” को चर्चा परिचर्चा संगै पर्चारप्रसार निकै व्यापक र आक्रामक रुपमा हुन थालेको छ | पूर्व देखि पश्चिम सम्म मात्र “वीर विक्रम” को हल्ला सुन्न पाइन्छ | देशभर अहिले “वीर विक्रम” को माग निकै धेरै हुन थालेको छ | चलचित्रको गीत संगीत देखि लिएर ट्रेलर सम्म सम्पूर्ण कुरा अहिले चर्चामा रहेको छ | सहरमा मात्र नभएर अहिले गाऊगाऊ सम्म पनि “वीर विक्रम” को कुरा हुन थालेको छ | सम्पूर्ण नेपाली दर्शकलाई अहिले मात्र “वीर विक्रम” को पर्खाई रहेको कुरा खुल्नमा आएको छ | भाद्र ३ गते लाई देशभरका नेपाली दर्शकहरुले व्यापक रुपमा पर्खिरहेको अवस्था छ | अहिले स्कुल देखि कलेज सम्म सानो भन्दा सानो चिया पसल देखि ठुलो उद्योग सम्म मात्र “वीर विक्रम” को चर्चा छ | साना बालबालिका देखि लिएर वृध सम्म सबैको मुखमा चलचित्र “वीर विक्रम” को नाम झुन्डिएको छ |
bir-bikram
नेपाली चलचित्र क्षत्रका मेरुदण्डको रुपमा स्थापित भएका छन् निर्माता तथा निर्देशल मिलन चाम्स | उनि अन्तरास्ट्रिय बजारमा नेपाली चलचित्रलाई व्यवस्थित रुपमा पहिलो पटक विस्तार गर्ने पहिलो व्यक्ति हुन् | उनले नेपाली चलचित्र क्षत्रको मात्र नभएर नेपाली दर्शक र नेपालकै नाम निकै उच्च पारेका छन् | आज उनकै कारणले नेपाल बाहिर पनि हलीउड थियटर सम्म नेपाली चलचित्रको चर्चा हुन थालेको छ | आज नेपाली चलचित्रको यस किसिमको बृधि विकासमा उनको योगदान र प्रयास निकै सम्मानीय र अपरिहार्य रहेको छ | आज मिलन चाम्सको नाम सम्पूर्ण दर्शकहरुको माझ निकै उच्च स्थानमा रहेको छ | उनि आज दर्शकहरुको मन र मस्तिष्कमा बस्न सफल भएका छन् | उनले आफु सधै नेपाली चलचित्र प्रति समर्पित रहने र सधै नेपाली चलचित्रको विकास तर्फ प्रयास गरिरहने विश्वास ब्यक्त गरेका छन् |
bir-bikram
चलचित्रमा दयाहाङ राई, अनुपविक्रम शाही, अर्पण थापा, दीया पुन , विवेक लिम्बु , शिशिर राना , बसन्त भट्ट र नाजिर हुसेनको मुख्य भूमिका छ । चलचित्र निकै नै राम्रो बनेको र सम्पूर्ण दर्शकहरुको मन जित्ने विश्वास निर्माता तथा निर्देशक मिलन चाम्सले ब्यक्त गर्नु भएको छ | उनले आफ्नो यस चलचित्रलाई पूर्ण रुपमा ओर्गानिक मनोरंजननाथ्मक मसालेदार बिसुद्ध नेपाली चलचित्रको संज्ञा दिएका छन् | चलचित्रमा शब्द संगीत अहिलेका चर्चित संगीतकार तारा प्रकाश लिम्बुको रहेको छ | चलचित्रको बजार वितरकको जिम्मा अहिलेका चर्चित डिसट्रीब्यूटर गोबिन्द शाहीले लिएका छन् | चलचित्रले ब्यापारिक हिसाबमा पनि निकै नै सफलता बटुल्ने विश्वास उनले ब्यक्त गरेका छन् |
bir-bikram
हेर्नुस ट्रेलर :

हेर्नुस गीत :

Leave a Reply

%d bloggers like this: