Fri. Apr 26th, 2024

मनोरंजन संसार डटकम
lappan-chappan
lappan-chappan
गोल्डेन हिल्स र बासुलिंग फिल्म्सको सयुक्त प्रस्तुति चलचित्र “लप्पन चप्पन” को सम्पूर्ण काम सक्किसकेको छ | चलचित्र अहिल आफ्नो शुटिंगको सम्पूर्ण काम सकेर अहिले इडिटिङ्गको लागि काम सुरु भैरहेको छ | चलचित्रको इडिटिङ्गको काम सुरेन्द्र पौडेलले गरिरहनु भएको छ | चलचित्रको सबै तिर निकै नै चर्चा परिचर्चा रहेको छ | चलचित्रको आधा भन्दा बढी शुटिंग युरोपको विभिन्न ठाउमा गरिएको छ | चलचित्रको निर्माता डम्बर बहादुर चन्द र इन्द्र प्रसाद खरेल हुन् भने निर्देशक मुकुन्द भट्ट हुन् | चलचित्रका कार्यकारी निर्माता सहदेव गौतम हुन् | चलचित्रमा दया हाङ्ग राई , सौगात मल्ल र अर्पण थापाको मुख्य भूमिका रहेको छ | चलचित्रको छायांकन पुर्षोत्तम प्रधानले गर्नुभएको छ भने एक्शन चन्द्र पन्तको रहेको छ |
lappan-chappanlappan-chappan
lappan-chappan-team
चलचित्र निकै नै राम्रो बनेको र दर्शक को मन जित्ने विश्वास निर्देशक मुकुन्द भट्टले ब्यक्त गर्नु भएको छ | अहिलेको समकालीन अवस्थालाई बुझेर र दर्शकहरुको टेस्टलाई मध्यनज़र गर्दै चलचित्र निर्माण भएको जानकारी पनि उनले दिएका छन् | चलचित्रको बजार वितरकको जिम्मा अहिलेका चर्चित र निकै सफल डिसट्रीब्यूटर गोबिन्द शाहीले लिनुभएको छ |
lappan-chappan

Leave a Reply

%d bloggers like this: