Thu. Apr 25th, 2024

मनोरंजनसंसार डटकम
hitlar
रोमान्टिक कमेडी कथामा फिल्म ‘हिटलर’को निर्माण हुने भएको छ । काठमाण्डौको बालाजुमा रहेको अष्टनारायण पिक्चर्सले निर्माण गर्न लागेको यो फिल्ममा अल्टरनेट मोसन पिक्चर्स र लोचन घिमिरे फिल्मसको पनि सहकार्य रहनेछ ।
सौरभ ढकालले निर्देशन गर्न लागेका यो फिल्ममा सोहित मानन्धर मुख्य भूमिकामा देखिने छन् । अभिनेत्रीको भने टुंगो लागेको छैन । किचमान चित्रकारको लेखन रहेको यो फिल्ममा लोचन घिमिरेको संगीत, एआर पौड्यालको छायाँकन तथा कृष्ण के. अच्छामीको कोरियोग्राफी रहने भएको छ ।
२०७४ साल वैशाख १५ गतेबाट देशभरका हलमा लाग्ने बताईएको यो फिल्ममा चिनिमाया मानन्धर निर्माता तथा त्रिरत्न मानन्धर कार्यकारी निर्माता रहने छन् । लोचन घिमिरे र सौरभ ढकाल फिल्मको सह–निर्माता हुन् ।

Leave a Reply

%d bloggers like this: