Fri. Apr 26th, 2024

मनोरंजनसंसार डटकम
सञ्चारकर्मी लक्ष्मण सुवेदीको निर्माण निर्देशन रहेको फिल्म ‘लालजोडी’को ट्रेलर रिलिज भएको छ । राजधनीमा आयोजित एक कार्यक्रमका बीच शुक्रबार फिल्मको ट्रेलर र एक गीत पनि सार्वजनिक गरियो ।
सार्वजनिक ट्रेलरले नै फिल्म फुलप्याक कमेडी बोल्छ । दर्शकलाई हाँसो उठाउन सक्ने अनि मनमा बसिरहने केहि डायलगहरु ट्रेलरमा समावेश छन् भने । फिल्म भदौ १७ मा रिलिज हुँदैछ ।
दर्शकको मन जित्ने फिल्म बनाएको भन्दै दर्शकको साथ मिल्नेमा निर्देशक सुवेदीले आशा व्यक्त गरे । अरुको फिल्मलाई यो त्यो भन्नु भन्दा पनि आफ्नो प्रोजेक्ट राम्रो बनाउनमा लागेको भन्दै जतिसक्तो उत्कृष्टता दर्शकमाझ पस्किने भनाई सुवेदीको छ ।
दिलाशा क्रियशनको व्यानरमा तयार फिल्ममा रजनी केसी, नक्कली बाबुराम उर्फ ज्योति काफ्ले, आयुष्मा कार्की, बुद्धी तामाङ ‘हैट’ लगायत अभिनयमा छन् ।
हेर्नुस ट्रेलर :

Leave a Reply

%d bloggers like this: