Thu. Apr 25th, 2024

मनोरंजनसंसार डटकम
‘सुल्तान’ हिरोईन अनुष्का शर्मा पछिल्लो समय सुल्तानको सफलतासँगै चर्चामा छिन् । कहिले फिल्म त कहिले विराट कोहलीसँगको प्रेम र ब्रेकअपले चर्चामा रहने यी हिरोईन् मुम्बईको एक स्टुडियोमा रणविर कपुरसँग एक्कासी सँगै भेटिएकी छिन् ।
तर अनुष्का र रणविर एक्लै, नियतबस त्यहाँ पुगेका भने थिएनन् । करण जोहरको फिल्म ‘ये दिल है मुश्किल’को क्लाईमेक्स सुटिङको लागी ३ बजेको सेड्युअल राखिएसँगै दुई कलाकार आफ्नो दृश्य दिनको लागी रात र निद्रा नभनी त्यहाँ पुगेका थिए ।
उक्त फिल्मको एक गीत खिच्नकै लागी सुटिङका कुनै पनि दृश्य बाहिर नआउन भन्ने उद्देश्यले रातीको सेड्युअल राखिएको बताइन्छ । ३ बजेबाट ७ बजेसम्म उक्त फिल्मको लागी दृश्य दिन अनुष्का र रणविर स्टुडियोमा रहेका थिए ।

Leave a Reply

%d bloggers like this: