Thu. Mar 28th, 2024

मनोरंजनसंसार डटकम
महानायक राजेश हमाल करियरकै भिन्न गेटअपमा प्रस्तुत भएको प्रतिच्छित फिल्म ‘शकुन्तला’को ट्रेलर रिलिज भएको छ । युट्युवमा सार्वजनिक ट्रेलर एक्शनप्रधान लाग्छ । ट्रेलरमा हमाल महिला अधिकारको पक्षमा आक्रामक देखिएका छन् ।
दिनेश श्रेष्ठ निर्देशित फिल्म हमालको करियरलाई कोषे ढुङ्गा बन्ने अनुमान लगाईएको छ । ‘युगदेखी युगसम्म’ डेब्यू तथा सयौँ फिल्म खेलिसकेका हमालको पछिल्लो समयको धर्मराउँदो अभिनय यात्रालाई यो फिल्मले ईट्टा थप्ने आशा धेरैको छ ।
फिल्ममा हमालसँगै किशोर खतिवडा, रविन्द्र बस्नेत, अनु शाह, रवि गिरी, प्रदिप ढकाल, शिभम श्रेष्ठ लगायत अभिनयमा छन् । फिल्म भने भदौ १० मा रिलिज हुँदैछ ।
हेर्नुस ट्रेलर :

Leave a Reply

%d bloggers like this: