Thu. Apr 25th, 2024

मनोरंजन संसार डटकम
teku-chettri
नेपाली गीत संगीतका सर्जकहरु नेपालमा मात्र नभएर देश बाहिर पनि निकै मात्रामा स्थापित रहनु भएको छ | सबैले आफ्नो तर्फबाट योगदान स्वरुप नेपाली गीत संगीतलाई नया दिशा तर्फ मोड्ने काम गरिरहनु भएको अवस्था छ | यसै बीच टेकु क्षत्री पनि एक चर्चित नाम हो | उनि एक सफल रचनाकार हुन् | उनि निकै मार्मिक शब्दको संगालोमा गीत संगीतको भावलाई एकदमै सरल रुपमा प्रस्तुत गर्न सक्ने व्यक्ति समेत हुन् | उनि देशबाट निकै टाढा रहेर पनि नेपाली गीत संगीतको विकास र प्रब्धनमा निकै क्रियाशिल भएर लागिरहेका छन् | नेपाली गीत संगीतलाई अन्तरास्ट्रिय बजारमा उभ्याएर छुट्टै किसिमको पहिचान सहित देशलाई समेत चिनाउने सकिने विश्वास उनले ब्यक्त गरेका छन् |
teku-chettri
teku-chettri
यिनै सबै कुराको सेरोफेरोमा रहेर उनले आफ्नो रचनाहरुको संगालो सहित आफ्नो पहिलो एल्बम “सम्रिध” निकालेका छन् जसमा ५ वटा गीतहरु समावेश छन् | उनको यस एल्बममा समावेश गीतहरुमा स्वरुप राज आचार्य , योजना पुरी , अन्जु पन्त , शिव परियार र कमल रसाइली जस्ता चर्चित गाएक गाईकाहरुको अवाज हामी सुन्न सक्दछौ | त्यसैगरी उनको यस एल्बममा समावेश सुन्दर रचनाहरुमा हरि लम्साल , दिपक दस्नामी , किरण गजमेर र कमल रसाइली जस्ता चर्चित संगीतकारहरुले आफ्नो सुमधुर संगीत दिनुभएको छ | उनले एउटा फरक किसिमको सोच सहित आफ्नो पहिलो एल्बम आफ्नो छोराको नाममा सार्वजनिक गरेका छन् | उनले आफ्नो पहिलो एल्बम “सम्रिध” बाट “सान नानी” बोलको गीत भिडियो सहित युटुब मार्फत सार्वजनिक गरेका थिए जसमा गाईका योजना पुरीले आफ्नो सुमधुर स्वर भरेकी थिइन् |
teku-chettri
अहिले नेपाली गीत संगीतको सम्पूर्ण कुराहरु परिवर्तनको अवस्थामा रहेको छ | दर्शकहरुको हेराई देखि लिएर मुल्यांकन सबै कुरामा निकै नै नयापन को आभास हुन्छ | देशबाट टाढा रहेर पनि आफु निरन्तर रुपमा नेपाली गीत संगीतको विकास र संरक्षणमा लाग्ने विश्वास उनले ब्यक्त गरेका छन् | आफ्नो प्रतिभा र खुबीलाई यसै क्षत्रमा समर्पित गर्ने कुरा पनि उनले उल्लेख गरेका छन् | उनले देशमा रहनु भएका र देशबाट टाढा रहनु भएका सम्पूर्ण नेपाली दर्शकहरुलाई जहाँ जता भए पनि नेपाली गीत संगीत र कला साहित्यलाई सधै माया र सम्मान गरिदिनुहोस् भनि आग्रह समेत गरेका छन् |
हेर्नुस गीत :

Leave a Reply

%d bloggers like this: