Wed. May 1st, 2024

मनोरंजनसंसार डटकम
megh-paudel
अहिले नेपाली सांगीतिक क्षत्र निकै अगाडी बढेको अवस्था छ | समय अनुकल संगै नया कलाकार तथा नया प्रतिभाहरुको आगमन निकै तिब्र हुन थालेको छ | देश भित्रबाट मात्र नभएर देश बाहिर रहेर पनि नेपाली दर्शकहरुको लागि राम्रो चिज प्रस्तुत गर्न धेरै संगीत सर्जकहरु लागीपरी रहनु भएको अवस्था छ | यसै बीच आफ्नो फरक किसिमको प्रतिभा र सोच बोकेर नेपाली संगीत प्रेमी दर्शकहरु माझ प्रस्तुत हुन खोज्दै हुनुहुन्छ उदयमान गाएक मेघ पौडेल | नेपाली गीत संगीत प्रतिको निकै बर्षको लगाव र साधना स्वरुप आज उनि यहाँ सम्म आइपुगेका छन् | उनको पहिलो एल्बम “जर्नी” अब चाडै नै रिलिजको अवस्थामा रहेको छ | उनको यस एल्बममा ६ वटा गीत समावेश रहेको छ जसमा विश्वास लामा , प्रकट कुमार शिशिर र बाबुराम भुसालको शब्द समेटिएको छ | उनको यस एल्बममा समावेश गीतहरुमा संगीत र अरेन्जिंगको काम अहिलेका चर्चित युवा गाएक तथा संगीतकार योगेश काजीले गर्नुभएको छ | देशबाट टाढा रहेर पनि दर्शकहरुलाई नया र राम्रा कुरा प्रस्तुत गर्न खोज्दै छन् गाएक मेघ पौडेल | आफ्नो पहिलो पाईला स्वरुप अब रिलिजको तयारीमा रहेको एल्बम “जर्नी” लाई सम्पूर्ण दर्शकहरुले हेरिदिनुस सुनिदिनुहोस र नेपाली गीत संगीतलाई माया गरिदिनुहोस भनि उनले आग्रह समेत गरेका छन् |
yogesh-kaji
उनको यस एल्बममा अहिलेका चर्चित युवा गाएक तथा संगीतकार योगेश काजीले आफ्नो सुमधुर संगीत भरेर साथ दिनुभएको छ | अहिले निकै चर्चा परिचर्चामा रहेको छ यो नाम योगेश काजी | नेपाली गीत संगीत क्षत्रमा निकै बर्षको लगाव संगै उनले दर्शकहरु माझ आफ्नो छुट्टै किसिमको पहिचान बनाउन सफल भैसकेका छन् | बाग्लुंगमा जन्म भई पोखरालाई आफ्नो कार्यक्षत्र बनाएका उनले अहिले सम्म ६ वटा एल्बममा काम गरिसकेका छन् भने १ दर्जन भन्दा बढी नेपाली चलचित्रमा आफ्नो सुमधुर स्वर र संगीत दिसकेका छन् | निकै नै सरल स्वभाबका उनि बहुमुखी प्रतिभाका धनि हुन् | नेपाली गीत संगीत क्षत्रको स्थर निकै नै माथि सम्मको रहेको र यसलाई अझै राम्रो बनाउन आफु निरन्तर रुपमा लागिरहने विश्वास उनले ब्यक्त गरेका छन् | उनले अहिले सम्म गरेका थुप्रै एल्बमहरु मध्य निकै नै उत्कृष्ट काम यस एल्बममा गरेको उल्लेख गरेका छन् | नव गाएक मेघ पौडेल संगको काम निकै नै सहज र प्रशंसनिय रहेको कुरा उनले बताएका छन् | चाडै आउन लागेको नव गाएक मेघ पौडेलको एल्बम “जर्नी” मा समावेश सम्पूर्ण गीतहरु निकै नै राम्रो रहेको र सम्पूर्ण दर्शकहरुको मन जित्ने विश्वास उनले ब्यक्त गरेका छन् |
megh-paudel
हेर्नुस प्रोमो :

Leave a Reply

%d bloggers like this: