Fri. Apr 26th, 2024

मनोरंजनसंसार डटकम
purano-dhunga
अहिले नेपाली चलचित्र बजारमा “निर जैले रिसाउने” बोलको गीत निकै भाईरल बनेको छ | यो मंसिर १० गते प्रदर्शन मिति तोकेको रामबाबु गुरुङद्वारा निर्देशित चलचित्र “पुरानो डुंगा” मा समावेश गीत हो | काली प्रसाद बास्कोटाको शब्द संगीतमा तयार भएको यो गीतले युटुबमा रेकर्ड कायम गरि भाईरलको रुप लिएको छ | यो गीत सार्वजनिक भएको ४८ घण्टा भित्रमा डेढ लाख भन्दा बढी दर्शकहरुले यो गीत हेरिसकेका थिए | निकै नै मसालेदार र रमाइलो पारामा तयार भएको यस गीतको अहिले जताततै सबै ठाउमा निकै नै चर्चा परिचर्चा रहेको छ | यसै बीच यो गीतको अहिले थुप्रै किसिमले प्रयांक भिडियोहरु निस्किने क्रम पनि बढ्दो छ | यसै क्रममा अहिले डायनामाइट प्रोडकसन नेपालले युटुबमा यसै गीतको अडियोमा प्रयांक भिडियो समावेश गरि सार्वजनिक गरेको छ र अहिले यो निकै चर्चामा पनि रहेको छ | चलचित्र “पुरानो डुंगा” टिमले यसै गीतको उत्कृष्ट डान्सको लागि डान्स प्रतियोगिताको घोषणा समेत गरिसकेको छ |
purano-dhunga
सिनेमा आर्ट्सको ब्यानरमा माओत्से गुरुङ फिल्म्सको प्रस्तुति रहेको चलचित्र “पुरानो डुङ्गा” लाई रामबाबु गुरुङले निर्देशन गरेका छन् | उपेन्द्र सुब्बाको स्क्रिप्ट , शैलेन्द्र डी कार्कीको छायांकन, निमेश श्रेष्ठको सम्पादन, कालीप्रसाद बास्कोटाको संगीत रहेको यो चलचित्रका कार्यकारी निर्माता माओत्से गुरुङ, मणीराम पोखरेल र बाल्मिकी पोखरेल हुन् । रौनक विक्रम कँडेल, ओम चन्द रौनियार, धनवहादुर गुरुङ र प्रकाश गुरुङ निर्माता रहेको चलचित्रमा अर्जुन कार्की सह-निर्माता छन् । चलचित्रमा दयाहाङ राई, प्रियंका कार्की, माओत्से गुरुङ र मेनुका प्रधान मुख्य भूमिकामा छन् ।
purano-dhunga
यो भन्दा अगाडी कबड्डी र कबड्डी कबड्डी जस्ता सुपरहिट चलचित्र निर्देशन गरेर दर्शकहरु माझ आफ्नो नाम उच्च स्थानमा राख्न सफल रहेका निर्देशक रामबाबु गुरुङ यो तेस्रो चलचित्र हो | उनि आफु यस चलचित्र बाट निकै आशावादी रहेको कुरा पनि बताएका छन् | चलचित्र निकै राम्रो बनेको र सम्पूर्ण दर्शकहरुको मन जित्ने विश्वास पनि उनले ब्यक्त गरेका छन् | चलचित्रको बजार वितरक जिम्मा गोबिन्द शाहीले लिनु भएको छ | चलचित्र “पुरानो डुंगा” ले ब्यापारिक हिसाबमा समेत नया रेकर्ड कायम गर्ने विश्वास उहाले ब्यक्त गर्नुभएको छ |
हेर्नुस भिडियो :

Leave a Reply

%d bloggers like this: