Thu. Apr 25th, 2024

मनोरंजनसंसार डटकम
saroj-lama
सरोज लामा यो नाम अहिले निकै चिर परिचित भैसकेको छ | नेपाली सांगीतिक क्षत्रमा धेरै बर्षको लगाव र मेहेनत अनि साधना पछि प्रवेश गरेका उनि अहिले सबै तिर चर्चामा रहेका छन् | उनको अहिले युटुबमा “चोखो माया” बोलको गीत निकै नै लोकप्रिय बन्दै गैरहेको छ | उनले आफ्नो पहिलो गीतलाई सम्पूर्ण दर्शकहरुले माया गरिदिनु भएकोमा सबै प्रति आभार प्रकट गर्नुभएको छ | आफु सधै नया कुरा र उत्कृष्ट गीत संगीत दर्शकहरु माझ प्रस्तुत गर्ने प्रयास गर्ने प्रतिबद्धता समेत उहाले जनाउनु भएको छ |
saroj-lama
saroj-lama
यसै बीच अब उहाको अर्को नया गीत चाडै दर्शकहरु माझ आउने तयारीमा रहेको कुरा पनि उहाले जानकारी दिनुभएको छ | अहिलेको भन्दा पनि अझै राम्रो र फरक प्रस्तुति दर्शकहरु माझ पस्किने कोसिस आफुले गरिरहेको कुरा पनि उहाले उल्लेख गर्नुभएको छ | आफ्नो पहिलो गीत जस्तै अब आउने आफ्नो दोस्रो गीतलाई पनि दर्शकहरुले मनपराउनु हुनेछ भन्ने विश्वास उनले ब्यक्त गरेका छन् | उनले आफुलाई यति धेरै माया गरिदिनु भएकोमा सम्पूर्ण दर्शकहरुलाई आभार ब्यक्त गर्दै सधै आफ्नो कमि कमजोरीहरुलाई औल्याई सल्लहा सुझाब प्रदान सहित हौसला प्रदान गरिदिनुहुन आग्रह समेत गरेका छन् |
saroj-lama
हेर्नुस गीत :

Leave a Reply

%d bloggers like this: