Thu. Apr 25th, 2024

मनोरंजनसंसार डटकम
bir-bikram
भाद्र ३ गते प्रदर्शन मिति तोकेको चलचित्र “वीर विक्रम” को अहिले चारैतिर व्यापक रुपमा चर्चा परिचर्चा रहेको छ | मिलन चाम्सको निर्माण तथा निर्देशनमा तयार भएको यस चलचित्रको अहिले सानासाना गल्लि देखि लिएर चोक सम्म चर्चा हुने गरेको छ | यो बर्षको मोस्ट वेटेड चलचित्र मध्य मिलन चाम्सको “वीर विक्रम” पनि एक हो | दर्शकहरु माझ निर्माता तथा निर्देशक मिलन चाम्सले एउटा छुट्टै किसिमको पहिचान बनाइसकेका छन् | “हसिया” जस्ता सुपरहिट चलचित्र बनाएका उनि नेपाली चलचित्रलाई अन्तरास्ट्रिय बजारमा विस्तार गर्ने पहिलो निर्माता तथा निर्देशक पनि हुन् | यसै बीच अहिले चारैतिर बाट शुभकामना आउने क्रममा महा नाएक राजेश हमालले आफ्नो र मिलन चाम्सको मित्रता विस्तार गर्दै उनलाई यस चलचित्रको शुभकामना दिनुको साथसाथै सम्पूर्ण दर्शकहरुलाई एकपटक चलचित्र “वीर विक्रम” हेरिदिनु हुन आग्रह समेत गरेका छन् |
milan-chams
चलचित्रमा दयाहाङ राई, अनुपविक्रम शाही, अर्पण थापा, दीया पुन र नाजिर हुसेनको मुख्य भूमिका छ । चलचित्र निकै नै राम्रो बनेको र सम्पूर्ण दर्शकहरुको मन जित्ने विश्वास निर्माता तथा निर्देशक मिलन चाम्सले ब्यक्त गर्नु भएको छ | उनले आफ्नो यस चलचित्रलाई पूर्ण रुपमा ओर्गानिक मनोरंजननाथ्मक मसालेदार बिसुद्ध नेपाली चलचित्रको संज्ञा दिएका छन् | चलचित्रमा शब्द संगीत अहिलेका चर्चित संगीतकार तारा प्रकाश लिम्बुको रहेको छ | चलचित्रको बजार वितरकको जिम्मा अहिलेका चर्चित डिसट्रीब्यूटर गोबिन्द शाहीले लिएका छन् |
हेर्नुस भिडियो :

Leave a Reply

%d bloggers like this: