Thu. Mar 28th, 2024

मनोरंजनसंसार डटकम
कमेडी प्लेभरको फिल्मका बादशाह जस्तै हुन् अभिनेता दयाहाङ राई । फिल्मले लगानी उठाउनु, सफल हुनु नहुनु आफ्नो ठाउँमा छ, तर हरेकजसो फिल्ममा दर्शकलाई न्याय गर्ने पात्र हुन् दयाहाङ ।
अब भने दयाहाङले ‘रेलिमाई’ डेब्यू अभिनेत्री पुर्णिमा लामासँग जोडि बाँध्ने पक्का भएको छ । निर्माण घोषणा गरिएको अभिनेता समेत रहेका रोहित रुम्बाको लगानी रहने फिल्म ‘नेप्टे’मा दयाहाङ लिड अभिनेतामा फाईनल भएका हुन् ।
कमेडी फ्लेभरको फिल्मको बारेमा जानकारी दिँदै रोहितले देवकुमार श्रेष्ठको निर्देशनमा बन्ने फिल्ममा आफुसँगै ए गुरुङ, बुद्धी तामाङ, भानुप्रताप, अजय खड्का, निर्मल तामाङ लगायत अभिनयमा रहने बताए ।
मंसिरको पहिलो साताबाट फ्लोरमा जाने फिल्मा द्वन्द्व रोशन श्रेष्ठको रहनेछ भने क्यामेराको जिम्मा हरि लामाले लिने पक्का भईसकेको छ ।

Leave a Reply

%d bloggers like this: